नेपाल जेसीज क्षेत्र ‘क’को सम्मेलन सम्पन्न

<span class='c1'>नेपाल जेसीज क्षेत्र</span> <span class='c2'>‘क’को सम्मेलन सम्पन्न</span>

विराटनगर । नेपाल जेसीजको आयोजना तथा बिराटनगर जेसीजको आतिथ्यमा १९ बर्ष पछि बिराटनगरमा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सम्पन्न भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मेलनको उद्घाटन गरेका थिए ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर बिकास मानन्धरले जेसीज अभियान युवाहरुको अभियान भएको बताउँदै समग्र युवाहरुलाई नेतृत्वमा अघि बढाउन आफू सधै तयार रहेको र शाखाहरुले गर्ने हरेक गतिविधि समाजमा हस्तान्तरण गर्न सक्ने किसिमको हुनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र संचालन गरिरहेका महाबिर पुनलाई नगद राशी ५०००० सहित सम्मानित गरिएको थियो । पावर अफ बिलिफ कार्यक्रममा युवा मोटिभेसनल स्पिकर सृष्टि केसिको प्रशिक्षण सत्रमा युवाहरुले जीवन जिउने कलाका बारेमा बुझ्ने अवसर प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्