विराटनगरको पोखरीया विद्यालय अगाडी दुर्घटना भ्वाङ्ग

<span class='c1'>विराटनगरको पोखरीया विद्यालय</span> <span class='c2'>अगाडी दुर्घटना भ्वाङ्ग</span>

विराटनगर । विराटनगर महानगरपालिका भित्रका मुख्य सडक कालोपत्रे भएको केहि वर्ष भएको छ । कालोपत्रे सडकका कतिपय स्थान भने सुरक्षित छैनन् । यस्तो उदाहरण हो, वडा नम्बर ३ स्थित पोखरीया माध्यमिक विद्यालय अगाडीको भ्वाङ्ग । नालालाई ढाक्ने स्याब फुटेर खुल्ला हुँदा विद्यार्थीको खुट्टामा नालीमा परेर फस्ने गरेको स्थानीय बताउँछन् ।

रातीको समयमा कुनै नौलो व्यक्ति त्यहाँ पुग्दा बारम्बार नालाको खाल्डामो फस्ने गरेकोले दुर्घटनाको जोखिम छ । स्थानीय गोमा निरौलाका अनुसार बारम्बार विद्यार्थीहरु नालामा खुट्टा फसेर लड्ने गरेको सुनाउँछिन् । उनी विद्यालय नजिकै पसल सञ्चालन गर्दै आएकी छिन् । ‘म त धेरै यस्तो दुर्घटनाको केस हेरिरहेको हुन्छु, कुदेर गएर उद्धारमा सहयोग गर्दै आएको छु’ निरौलाले भनिन्–विद्यालयमा साना नानीहरु लाम लागेर हतारमा निस्कदाँ चिप्लिन्छन् भन्ने डर मात्रै हुन्छ ।

चौबाटोको बीचमा अव्यस्थित नाला हुँदा पनि स्थानीय जनप्रतिनिधिले भने कहिल्यै नदेखेको अर्का स्थानीय दुर्गा निरौलाको भनाई छ । उनले सिटी सफारी, मोटरसाइकल समेत कहिले काँहि फस्ने गरेको सुनाइन् । नजिकै भेटिएका सिटी सफारी चालक दिनेश राईले नालासँगै सडकको भू–भाग जोडिएका कारण कहिले काँहि सवारी घुमाउँदा असहज हुने बताए । उनले सडकसँगै मिलेको नालामा यस्तो हुँदा सवारी साइड क्लियर गर्दा दुर्घटना हुनसक्ने डर हमेसा रहिरहने बताए । स्थानीयले नालाको ढकन फुट्नुमा पोखरीया स्कूलको बसलाई समेत दोष दिएका छन् । चालकले ढकनमाथिबाटै बस घुमाउने गरेको उनीहरुको आरोप छ ।

विद्यालय क्षेत्रमा साना बालबालिकाहरु दैनिक रुपमा दौडि रहेका हुन्छन् । यो बाटो प्रयोग नगर्ने जनप्रतिनिधि समेत कम होलान् । महानगरपालिका मेयर, उपमेयरदेखि वडाका प्रतिनिधिका लागि दैनिक आउजाउ भईरहने सडकको यो समस्या समाधान नहुँनुलाई स्थानीयले आश्चर्य मानेका छन् । विद्यालय भएका कारण संवेदनशील क्षेत्रमा समेत समस्या हुँदा ध्यान नदिएको भन्दै स्थानीय चिन्तित रहेका छन् ।
विराटनगर महानगरपालिका ३ नम्बर वडा कार्यालयदेखि पूर्व–दक्षिण २०० मिटर दुरीमा पोखरीया विद्यालय रहेको छ । यहि विद्यालय आसपासमा यो समस्या रहेको छ । वडा अध्यक्ष बासु बहादुर बस्नेतले यो पहिलो कार्यकालका जनप्रतिनिधिले निम्त्याएको समस्या भएको बताउँछन् । उनले त्यसबेला स्थानीयवासीले समेत ध्यान नदिएका कारण अहिलेसम्म यो समस्या रहेको बताए । यद्यपी उनले वडामा यस्ता समस्या भएका स्थानको पहिचान भएकोले यहि आर्थिक वर्षमा समाधान गर्ने योजना राखिएको बताए ।

 इन्दु साह प्रशिक्षार्थी पत्रकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्