नेपालको युवा–युवतीको सपना बन्दै ‘विदेश’

<span class='c1'>नेपालको युवा–युवतीको सपना</span> <span class='c2'>बन्दै ‘विदेश’</span>

सुजता लिम्बू
विराटनगर । ‘साँघुरो गल्लीमा मेरो चोक छ,
त्यहाँ के छैन ? सबथोक छ ।’
कवि भूपि शेरचनको कविताको हरफ झैं धरानको साँघुरो गल्लीको क्याफेमा के छैन सबथोक छ । त्यहाँ खानाको परिकार, पेय पदार्थका परिकार, सबै–सबै थोक छ । हुक्काका धुँवासँगै उडेका थुप्रै युवायुवतीहरुको स्वर्णिम सपनाहरु छन् । जुन, कोठामा बलेका झिलिमिलि बत्तिको किरण छलेर भित्तामा टाँसिएका पोस्टरहरुलाई अंकमाल गर्दै त्यतैकतै रुमलिए झैँ भान हुन्छ ।

त्यो एउटा कोठा भित्रको मार्हाैल नियाल्ने हो भने त्यहाँ एउटा छुट्टै संसारको परिकल्पना गर्न सकिन्थ्यो । त्यही संसारको एकछेउमा अझ भनौँ क्याफेको भित्ता पट्टी एक हुल युवायुवतीहरु हुक्का तान्दै त्यो सँगै चुरोट र चियाको चुस्किको मजा लिदैँ आफ्ना ‘करियर’ का बारेमा छलफल गरिरहेको भेटिए ।
नाक र मुखबाट बाक्लो धुँवाको मुस्लो निकाल्दै एउटाले भने ‘यार ! म त नेपाल बस्दिन पढाई सकियो अब युरोप तिर जाने हो ।’

नेपालमा पढाईको प्रमाणपत्र हातमा भए पनि अवसरको बाटो कम भएको बुझाई राख्ने उनी धनकुटाबाट अध्ययनका लागि धरान झरेका रहेछन् ।

दाजु पनि कोरियामा भएकाले आफू अष्ट्रेलिया वा राम्रो अवसर पाए अन्य कुनै देश जाने विचार रहेको बताउने रविन लिम्बू लाहुरे सपना पनि त्यागिदिएको सुनाए । खोटाङका असोक राई पनि लाहुरे सपना सझाएर धरान झरेको बताए ।

केही समय व्रिटिस लाहुरे भएर सुखदः भविष्यको परिकल्पना गरेको उनी दुई पटकसम्म पनि सफलता हासिल नगरेपछि कोरिया भाषा सकेर परिक्षा दिने तयारीमा रहेको सुनाउछन् । उनी भन्छन्,‘आफ्नो परिवार, देश छोडेर विदेशीनु रहर भन्दा पनि बाध्यता हो ।’

यता, बुढीगंगा– २ का धर्मेन्द्र ऋषिदेव मुसहर समुदायबाट नेता बन्ने उदेश्यले राजनीतिक क्षेत्रमा होमिएका थिए । ऋषिदेव समुदायमा शिक्षित र राजनीतिक पृष्ठभूमि भएका कमै मात्र भेटिन्छन् । त्यसैले पनि आफ्नो समुदायको हक अधिकारका लागि केही गरौँ भन्ने उदेश्यले अगाडी बढेका उनी केही दिनअगाडी वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका छन् ।
देशको परिस्थिति र आर्थिक विपन्नताका कारण पनि दोधारे मन हुँदै परदेशीनु परेको बताउदै उनले नेपालमा नै केही गर्ने सोँच बनाएपनि अवसर नभएको सुनाउछन् ।

लामो समय विद्यार्थी राजनीति गरेको उनी आर्थिक अवस्था कमजोर हुँदा टिक्ने अवस्था नरहेको बताए ।
‘यहाँ लागूऔषध विक्रि गर्नैहरुलाई राजनीतिक संरक्षण र व्यवस्थापन हुन्छ,’ उनले भने,‘हामी भूईँ मान्छेलाई नेताको के कुरा गर्ने संरक्षण नै नगर्ने प्रचलन छ , प्रगतिशीलता त दर्शनमा मात्रै रहेछ ।’ अब केही वर्ष अर्काको देशमा श्रम बेचेर पुनः नेपाल फर्किएर केही गर्ने सपना रहको उनी सुनाउछन् ।

पछिल्लो समय पढाई सकेका होस् या घर गृहस्थ चलायमान राख्न नेपाली युवा–युवतीहरुको सपना बनेको छ विदेश। यसै भीडमा केही युवा–युवती लोकसेवाको परिक्षातर्फ कम्मर कस्छन् त कोही घर चलाउन खाडीतिर पुग्छन् । अलिक सम्पन्न परिवारको सन्तानको सपना भने वृहत नै हुन्छ, युरोप, अमेरिका, अष्ट्रेलिया । आफूले देख्ने सपनामा पनि असमनताको जरा त्यसरी नै गाडिएको छ, जसरी समाजमा धनी र गरिबको भागबण्डा लागेको छ । यही असमानाको खाल्डोबाट पन्छिन सुन्दर भविष्यको कल्पना देखेर विदेशीने युवा पुस्ताहरुको भीडमा कथामा उल्लेख गरेका पात्रहरु प्रतिनिधि मात्रै हुन् । देशको राजनैतिक खिचातानि, आर्थिक अवस्थाले पनि दैनिक जस्तो हजारौँ युवाहरु विदेश पलायन हुने गरेका छन् । सुशासन, समृद्धि र युवाहरुलाई आफ्नै देशमा राजगारी प्रदान गर्ने नेताहरुको भाषण र एजेण्डाहरु केवल चुनावी नारा मात्रै रहेको युवा पुस्ताको निष्कर्ष छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्