विराटनगर भन्सार जाँचपास भएको एक ट्रक सामान प्रहरी नियन्त्रणमा

<span class='c1'>विराटनगर भन्सार जाँचपास भएको एक</span> <span class='c2'>ट्रक सामान प्रहरी नियन्त्रणमा</span>

विराटनगर । विराटनगर भन्सारबाट जाँचपास भएको फुड सप्लिमेन्ट तथा कस्मेटिकको सामान बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । पैठारीकर्ता अजय रायको सामान प्रहरीले कम मूल्यांकनमा जाँचपास गराइएको आरोपमा पक्राउ गरेको हो । भन्सार एजेन्ट रोशन यादवको जनक क्लिरिङ्गबाट भएको थियो । यादवले सामान जाँचपासमा कैफियत नभएपनि प्रहरीलाई शंका लागेर नियन्त्रणमा लिएर राजस्वमा बुझाइको बताए ।

भन्सारबाट जाँचपास भएको भन्दा बढी परिमाणको सामान ल्याइएको सूचनाका आधारमा प्रहरीले सोमबार साँझ एउटा भारतीय ट्रक नियन्त्रणमा लिएको थियो । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडबाट युपी ८७.९१८१ नम्बरको ट्रकसहित सामान र चालकलाई नियन्त्रणमा लिइएर राजस्व कार्यालय इटहरीमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रहरीले उक्त ट्रकमा भन्सारबाट पास गरिएको भन्दा बढी मूल्यका सामानहरु रहेको सूचना साँझ ५ः३० बजेतिर आएपछि पक्राउ गरिएको बताएको छ । इलाका प्रहरी कार्यालय रानीको टोलिले ट्रक नियन्त्रणमा लिइएको थियो ।

फुड सप्लिमेन्ट्री, शृंगारका सामान रहेको यादव बताउँछन् । प्रहरीले ४५ लाख मूल्य बराबरको सामान भएको आशंका गरेर ट्रक नियन्त्रणमा लिएपछि भन्सार एजेन्ट यादवले २५ लाख मूल्य बराबरको व्यक्तिले आयात गरेको सामान रहेको बताए । प्रहरीले ट्रकसहित चालक भारतीय नागरिक ३५ वर्षीय मोहमद अस्लामलाई नियन्त्रणमा लिइएर थप अनुसन्धानका लागि राजस्व कार्यालयमा बुझाइसकेको छ । मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सामानमा जाँचपास कैफियत नरहेको दावी एजेन्टको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्