विराट नर्सिङ होमले सार्वजनिक ग¥यो ‘हेल्थ रेकर्ड बुक’

<span class='c1'>विराट नर्सिङ होमले सार्वजनिक</span> <span class='c2'>ग¥यो ‘हेल्थ रेकर्ड बुक’</span>

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले ‘हेल्थ रेकर्ड बुक’ सार्वजनिक गरेको छ ।

स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्य सहित बहुउपयोगी ‘हेल्थ रेकर्ड बुक’ विराटले सार्वजनिक गरेको हो । हस्पिटलले मंगलबार पत्रकार सम्मेलन गरी समुदाय र संस्थाहरुसँग दिगो सम्बन्ध निमार्ण गर्ने उद्देश्यले हेल्थ रेकर्ड बुक सार्वजनिक गरेको हो ।

हेल्थ रेकर्ड बुक पाँच हजारमा खरिद गरेपछि विराट नर्सिङ होमबाट स्वास्थ्य उपचार सेवा पाउनेछन् ।
यो हेल्थ रेकर्ड बुक हस्पिटलले अहिले विद्यालयहरुसँग सम्झौता गरेर सेवा सुरू गरेको छ ।
हेल्थ रेकर्ड बुकमा बालवालिकाहरूको स्वास्थ्यको बारेमा बहुमूल्य जानकारी समावेश गरिएको हस्पिटलका उपाध्यक्ष डा.डेनिस कार्कीले जानकारी दिए ।

उनका अनुसार यो स्वास्थ्य रेकर्ड पुस्तिका सजिलै पहुँच योग्य हुनेछ भने आवश्यक स्वास्थ्य जानकारीमा सजिलो पहुँच प्रदान गर्दछ । यो विशेष गरी आपतकालिन अवस्थामा लाभदायक हुने हामीले अपेक्षा राखेको बताउदै उनले भने,‘जहाँ स्वास्थ्य सेवा प्रदायकहरुलाई सही र अद्यावधिक स्वास्थ्य जानकारी गराउँछ,’ स्वास्थ्य रेकर्ड बुक प्याकेजको अतिरिक्त, विराट नर्सिङ होमले विद्यालयलाई चिकित्सा सेवाहरु पनि प्रदान गर्ने जनाएको छ ।

हेल्थ रेकर्ड बुक लिएपछि बालरोग, दन्त, नेत्र रोग, इएनटी र छाला रोगको सेवाहरु ओपीडिमा निःशुल्क हुनेछ । यस्तै निःशुल्क एम्बुलेन्स, निदान र आइपीडी सेवाहरुमा २० प्रतिशत छुट, एक वर्षको लागि निदान सेवाहरु, सामान्य वार्ड र पि.आइ. सी.यू भर्नासहित स्वास्थ्य रेकर्ड बुक भएका बालवालिकाहरुलाई अस्पतालको अन्तरङ्ग विभागका सेवाहरुमा २० प्रतिशत छुट हुने हस्पिटलले जनाएको छ ।

पाँच हजार रुपैयाँ तिरेर हेल्थ रेकर्ड बुक लिएपछि प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँ नविकरण शुल्क लाग्नेछ । हेल्थ रेकर्ड बुक लिएपछि हस्पिटलबाट पाउने स्वास्थ्य उपचारमा बालबालिकासहित अभिभावकहरुले पनि सहुलियतमा उपचार सेवा पाउनेछन् । स्वास्थ्य रेकर्ड पुस्तकमा नवजात शिशुदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुको लागि बहुमूल्य जानकारी रहेको हस्पिटलका नवजात तथा बालरोग विशेषज्ञ डाक्टर दिपराज अधिकारीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सम्बन्धित जानकारीहरु एकै ठाउँमा रेकर्ड गरिएको छ । जसले आमाबुबालाई आफ्नो बच्चाको स्वास्थ्य स्थिति थाहा पाउन सजिलो बनाउनेछ । स्वास्थ्य रेकर्ड पुस्तकले विभिन्न उमेर समूहका बालवाकिाको आहार योजना, चेतवनी चिन्हहरु, के गर्ने र नगर्ने, सुत्ने समय, जाँच समय आदिसहित बहुमूल्य जानकारी प्रदान गरिएको उनले बताए ।

स्वास्थ्य रेकर्ड पुस्तक अहिले विराटनगरको लिलीपुट प्रिमियर स्कुल, मोर्डन ऐरा र न्यू यरो किड्समा सम्झौता गरेर लागू गरिएको कार्यक्रम संयोजक कृष्ण कडेलले जानकारी दिए । विस्तारै अन्य विद्यालयहरुमा पनि सम्झौता गरिने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्