विराटनगरमा एमाले अध्यक्ष ओलीले भने–पार्टी फुटाउन विरोधी लागेका छन्

विराटनगरमा एमाले अध्यक्ष ओलीले भने–पार्टी फुटाउन विरोधी लागेका छन्

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउन विरोधीहरु लागिरहेको बताएका छन् । एमाले कोशी प्रदेशको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले एमाले भित्र फुट ल्याउने योजनामा विरोधीहरु हरेको बताएका हुन् ।

उनले एमाले भित्र फुटको प्रयास गर्नेहरु भने कहिल्यै पनि सफल नभएको बताउँदै देश चलाउने पार्टी भएको दावी गरेका छन् । उनले नवनिर्वाचित कमिटीलाई जिम्मेवारी कुशलताका साथ निर्वाह गर्न आग्रह गर्दै पार्टीलाई सामुहिकतामा अगाडी बढाउन अनुरोध गरे ।

निर्वाचित कमिटिलाई आफूलाई नभई पार्टीलाई केन्द्रमा राखेर सबैसँगको सुमधुर सम्बन्धबाट बढ्नका लागि उनको आग्रह थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्