विराटनगर पार्टीको उपस्थितमा बिनोद ढकालले भने–अध्यक्ष केपी ओलीको नाममा डर–त्रास सिर्जना गरियो

<span class='c1'>विराटनगर पार्टीको उपस्थितमा बिनोद ढकालले भने–अध्यक्ष</span> <span class='c2'>केपी ओलीको नाममा डर–त्रास सिर्जना गरियो</span>

विराटनगर । नेकपा एमाले कोशीको असोज १२–१३ गते विराटनगरमा सम्पन्न अधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नाममा कार्यकर्तामाथि डर, त्रास र धम्की दिइएको खुलेको छ ।

अध्यक्षका प्रतिस्पर्धी बिनोद ढकालले बिहीबार पार्टी कार्यालय पाञ्चालीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारको नेतृत्व गरिरहेका, केहि पोलिटब्यूरो र स्थायी समिति सदस्यहरुले अध्यक्षको नाममा डर र त्रास सिर्जना गरेको आरोप लगाएका हुन् ।

ढकालले पार्टी अध्यक्ष ओली अहिले निर्विकल्प नेता र विचारको केन्द्रबिन्दु भएपनि केहि नेताले अमूक नेताहरुको नाममा उहाँको नाम जोडेर धम्की दिदैं भोट माग्ने काम गरेको दावी गरेका छन् । यसरी मत माग्नेहरु पार्टी भित्र विभाजनको रेखा कोर्न र धाँधलीपूर्ण काम गर्ने मनसाय प्रेरित रहेको ढकालको आरोप छ । अध्यक्ष ओलीको ‘स्वस्थ प्रतिस्पर्धा र प्रतिस्पर्धापछि सौहार्दता’ भन्ने मान्यता विपरित प्रदेशमा निर्वाचित कमिटको पदभार तथा सपथ ग्रहण कार्यक्रममा प्रतिस्पर्धी उमेदवारलाई शुभकामना राख्ने अवसरबाट समेत बन्चित गराइएको ढकालको बुझाई छ ।

ढकालले नव निर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहमा बधाई, धन्यवाद तथा आभार प्रकट गर्न पाइन्छ भन्ने ठानेपनि त्यो अवसर नदिएको भन्दै बिहीबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्नु परेको बताएका छन् । ढकालले पत्रकार सम्मेलन गर्दा विराटनगर महानगरपालिका कमिटिसहित महानगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ढकालले निर्वाचित प्रदेश कमिटिले अधिवेशको समयमा आफ्नो पक्षमा मत माग्ने, निर्वाचन प्रचार–प्रसार गरेको आधारमा विभेद भएमा त्यसबेला डटेर आफू उभिने चुनौती दिएका छन् । ढकालका विरुद्ध पार्टीको सिंगो पक्ति लाग्दा समेत कार्यकर्ताको बीचमा उभिएर सम्मानजनक प्रतिस्पर्धी भएका कारण समेत उनी एमाले भित्र सशक्त नेतृत्वको रुपमा स्थापीत भएका छन् ।

ढकालले अहिले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजेर कोहि अर्को नेतृत्व अगाडी आउँछ भन्ने मान्यता एमाले भित्र नरहेको बताएका छन् । उनले नेतृत्वका हिसाबले अध्यक्ष ओली र विचारका हिसाबले जनताको बहुदलिय जनवाद एमालेको साझा मान्यतामा रहेको बताए । तर, पार्टी अध्यक्षलाई गलत रिपोर्टिङ गर्नेहरुले कंहिकतै खेलिरहेको ढलकाको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्