विराटनगरमा प्रदेश खारेजीको माग गर्दै शनिबार विरोध प्रदर्शन हुने

विराटनगरमा प्रदेश खारेजीको माग गर्दै शनिबार विरोध प्रदर्शन हुने

विराटनगर । विराटनगरमा असोज २० गते शनिबार संविधान अनुसार तीन तहका सरकारमध्ये प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै मोटरसाइकल ¥याली निकालिने भएको छ । कन्चनबारीबाट प्रदेश सरकारको मुख्य प्रशासनिक भवन रहेको रोडशेष हुँदै बजारको परिक्रमा गरेर पुनः कन्चनबारीमा कोणसभा आयोजना गरिने भएको छ ।

अभियानको नेतृत्वमा रहेकामध्ये नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि बिशाल भादुडीले देश टाट पल्टेको अवस्थामा पुगिसक्दा समेत प्रदेश तहको संरचनाले खर्च बाहेक बाँकी केहि काम नगरेको निष्कर्ष निकालेर खारेजीको माग गर्न लागिएको बताए । उनले संविधान अनुसार संघीयताको मर्म अब संघ र स्थानीय तहले कार्यन्वयन गर्नुपर्ने तर प्रदेश पूर्णत खारेज गरेर खर्च कटौती हुनुपर्ने तर्क गरे । उनले राजनीतिक रुपमा सबै पार्टीमा आवद्ध भएका तर प्रदेशको जरुरी नदेखेकाहरुले यो अभियानमा सहभागिता जनाउनसक्ने बताए ।

‘कुनै पार्टी विशेष भन्ने छैन, तर प्रदेश संरचना अनावश्यक देखेका सबै पार्टीका युवाहरु यसमा सहभागि हुनसक्नुहुन्छ’ भादुडीले भने–व्यापारी भाग्न थालिसके, अर्थतन्त्र जोखिमउन्मुख भईसक्यो अब पनि नाटक मन्चन गर्ने प्रदेशको भर परेर बस्न उचित देखिएन । उनले संविधान जारी हुँदा समेत केहि चलखेल भएको बताउँदै जरुरी परे संशोधन गरेर सच्याउने गरिेको दवाव सिर्जना हुने दावी गरेका छन् । उनले हत्यामा संलग्नहरुलाई आममाफी दिएर कैद मिनाहा गर्ने संघीयता र राष्ट्रपति कार्यालयको समेत जरुरी सकिएको बताए ।

अभियानमा भादुडीसहित राजेन्द्र खनाल, सुनिल थापा मगर, उद्धव कार्की, अनिल कार्की, आभास अधिकारी र विकास भण्डारीले सक्रियता लिएका छन् । उनीहरुले करिब चार सय मोटरसाइकलसहित नगरपरिक्रमा गर्ने योजना लिएका छन् । कोशी प्रदेश सरकारले त्यहि दिन प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्