युवा उद्यमी परिषद्को अन्तरक्रिया कार्यक्रम सम्पन्न

<span class='c1'>युवा उद्यमी परिषद्को</span> <span class='c2'>अन्तरक्रिया कार्यक्रम सम्पन्न</span>

विराटनगर । नेपाल उद्योग परिसंघ युवा उद्यमी परिषद्, कोशी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार विराटनगरमा आयोजित ‘ युथ रिटेन्सन : भविष्यको तयारी ‘विषयक अन्तरक्रियामा नेपालका युवाहरूको रोजगारी र शैक्षिक कारणले विदेशिने संख्या बढेको प्रति चिन्ता र कसरी विदेशिएकालाई फर्काउन पहल गर्न सक्ने बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा प्रतिनिधी सभाका लेखा समिति सभापति तथा मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले विदेशले बिना लगानीमा नेपालको युवा जनशक्ति लगिरहेको प्रति चिन्ता व्यक्त गरेका थिए । पोखरेलले देशको शिक्षा निती गलत भएको र राजनिती खराब व्यक्तिहरूको हात रह्नुजेलसम्म युवा पलायन रोक्न नसकिने उनले बताए।


पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा यादव राज कोइरालाले राज्यले युवा विद्यार्थीमा लगानी गरेको पैसा मात्र नभएर राज्यको समय समेत पलायन भइरहेको बताएका थिए । कोइरालाले राजनितीले प्रणाली प्रतिनै नकारात्मकता फैलाएको भन्दै राजनिती सही स्थानमा नआए सम्म ठूलो परिवर्तन नआउने धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भिम घिमिरेले राजनितीकर्मीले देश डुबाएको उनको आरोप थियो । घिमिरेले राज्यले व्यपार ,उद्यमलाई राम्रो नजरले नहेर्ने गरेकोले युवा पुस्ता देशमा केही गरौँ भन्दा विदेश जान रूचाउने बताए ।

कार्यक्रममा परिसंघको युवा उद्यमी परिषद् कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले हाल देशबाट अदक्ष जनशक्ति मात्र नभएर दक्ष जनशक्ति समेत पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
प्रधानले युवाहरू विदेश मात्र गए देशको विकास प्रणाली थप हुने बताउँदै सरकारले सो रोक्न ठोस कदम उठाउनु पर्ने विचार व्यक्त गर्नु भएको थियो ।

विकल्प एन अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्