विश्वासको मत लिने पूर्वसन्ध्यामा विराटनगरमा प्रदेश खारेजीको माग

<span class='c1'>विश्वासको मत लिने पूर्वसन्ध्यामा</span> <span class='c2'>विराटनगरमा प्रदेश खारेजीको माग</span>

सुजता लिम्बू
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिँदैछन्।

नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था भएकाले सोही अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। तर, कार्कीले अहिलेको अवस्थामा विश्वासको मत पाउने सम्भावना कम देखिएको छ । चुनावी तालमेलदेखि हालको अवस्थासम्म एमालेको सहयात्री रहेको दल राप्रपाले समेत कार्कीलाई विश्वासको मत दिने अवस्था नरहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार राप्रपा समेत सदन जोगाउने तयारीमा रहको छ । ‘यो पटक एमालेले संसदमा छलेर जाने कुरामा राप्रपा जाँदैन,‘ती स्रोतले दाबी गर्दै भने,‘ राप्रपाको प्रधानमन्त्री प्रचण्डसँग पनि कुरा भएको छ ।’ कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाए उनी पदमुक्त हुन्छन् । त्यसपछि संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठन गर्ने प्रक्रिया सुरु हुन्छ । संविधानको धारा १६८ (५) बाट बनेको सरकारले पनि विश्वासको मत नपाए मध्यावधि निर्वाचनमा जान्छ । जुन, प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलहरुले चाहेका छैनन् । बुधबार प्रदेशसभामा बोल्दै दलका नेताहरुले सबै मिलेर अगाडी जानुपर्नेमा जोड दिएका थिए । सरकार बनाउने होडबाजीलाई छोडेर समन्वयात्मक ढंगमा अगाडी बढ्नुपर्ने उनीहरुको भनाई थियो ।

विश्वासको मत लिने पूर्वसन्ध्यामा प्रदेश खारेजीको माग

पछिल्लो समय राजनीतिक दलहरुको बढ्दो खिचातानीले जनतामा एकखालको वितृष्णा छाएको छ । देश संघीयतामा गएसँगै पहिलो पटक २०७४ मा भएको तीन तहको निर्वाचनमा जनता जति हर्षित थिए। २०७९ सम्म आइपुग्दा निर्वाचनताका जनतामा उत्साह खस्किएको पाइएको थियो । सत्ता जोगाउने दाउपेचले जेलिएको राजनीतिक अवस्थाले समृद्धि र विकासका खाका कोरेर निर्वाचित भएका जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम नगरेको भन्दै यतिबेला जनता प्रदेश खारेजीको माग राख्दै चर्को आवाज निकाल्न थालेका छन् । जनताका लागि प्रदेश महंगो भएको उनीहरुको आरोप छ । चुनौती पुर्ण अवस्थामा अब कोशी प्रदेश सरकारले जनभावना बुझलान या कुर्सीको लडाइमा दोश्रो कार्याकाल समेत जनताको पक्षमा काम नगरी बिदा हुने हुन् भन्ने बहसको विषय बन्न थालेको छ ।

शनिबार अर्थात असोज २० गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गर्दै गर्दा यता, संविधान अनुसार तीन तहका सरकारमध्ये प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै मोटरसाइकल र्‍याली निकालिने भएको छ । कन्चनबारीबाट प्रदेश सरकारको मुख्य प्रशासनिक भवन रहेको रोडशेष हुँदै बजारको परिक्रमा गरेर पुनः कन्चनबारीमा कोणसभा आयोजना गरिने भएको हो ।

अभियानको नेतृत्वमा रहेकामध्ये नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि बिशाल भादुडीले देश टाट पल्टेको अवस्थामा पुगिसक्दा समेत प्रदेश तहको संरचनाले खर्च बाहेक बाँकी केहि काम नगरेको निष्कर्ष निकालेर खारेजीको माग गर्न लागिएको बताए । उनले संविधान अनुसार संघीयताको मर्म अब संघ र स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने तर प्रदेश पुर्ण खारेज गरेर खर्च कटौती हुनुपर्ने उनको भनाई छ ।

मुख्यमन्त्री बन्ने भागदौड

कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएको खण्डमा पाँचौ मुख्यमन्त्रीका लागि भागदौड सुरु भएको छ । दुई पटकसम्म विश्वासको मत पाउन नसकेको नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापा आफू पुनः मुख्यमन्त्रीको लाइनमा रहेको बताउछन् । त्यसो त थापालाई आफ्नै दलका सांसदहरु लगायत नेताहरु लागेको स्रोतको भनाई छ ।

यता, सातै प्रदेशमध्ये कोशी प्रदेश एकिकृत समाजवादीको भागमा परेको भएपनि आफू मुख्यमन्त्री बन्ने लाइनमा नरहेको पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई बताउछन् । उनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीका लागि अघि सारेको समेत बताए । अन्य दलले सहमति जनाउला त? भन्ने प्रश्नमा उनले छलफलमा नमाने आफै पनि दाबी गर्न सक्ने संकेत जनाए ।

यस्तो छ अंकगणित
९३ सांसद रहेको काशी प्रदेशसभामा बहुमत पुर्याउन ४७ सदस्य चाहिन्छ । एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकिकृत समाजवादी) को ४ र जनता समाजवादीको १ जना सांससद रहेका छन् ।

एमालेले राप्रपाको सहयोगलाई कायम राख्न सकेर उपसभामुख दनुवारलाई राजीनामा गराएको खण्डमा मात्रै ४६ मत पुर्याउन सक्ने देखिन्छ । यदि उपसभामखु दनुवारको राजनीनामा नआए सांसदमा यसअघि रहेको ४६ मत पुर्याउन समेत मुख्यमन्त्री कार्कीलाई चुनौती पुर्ण अवस्था देखिन्छ । तर, उपसभामुख दनुवार राजिनामा दिने अवस्थामा नरहेको एक सांसदले बताए ।

‘उपसभामुखले अब राजिनामा दिनुहुन्छ जस्तो लाग्दैन, किनभने उहाँलाई एउटा आरोप छ दलसँग मिलेर प्रदेशसभालाई मध्यावधिमा लग्ने भूमिका खेलको भन्ने त्यसैले पनि उहाँले राजिनामा दिनुहुन्न ।’ती सांसदले भने,‘ केन्द्रको दबाब आयो भने भन्न सकिन्न तर, प्रदेशकै नेताहरुले भनेर चाँही उहाँले राजीनामा दिनुहुन्न उहाँले राजिनामा दिँदा सांसद मात्रै जाँदैन उपसभामुख पद पनि जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्