ग्याङ्गफाइट योजनामा रहेकाहरु विराटनगरबाट पक्राउ

<span class='c1'>ग्याङ्गफाइट योजनामा रहेकाहरु</span> <span class='c2'>विराटनगरबाट पक्राउ</span>

विराटनगर । ग्याङफाइट गर्न भन्दै हिँडेका युवाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर–९ घोघापुल चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले १५ जनाको समूहलाई शुक्रबार दिउँसो तरबारसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार ग्याङफाइट गर्न हिँडेको सूचना प्राप्त भएपछि तत्कालै घटनास्थलमा टोली खटाएर उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

युवतीसँग जोडिएको विषयमा विवाद हुँदा ग्याङफाइट गर्ने योजना बनेको थियो । योजना बनाएर निस्केको थाहा पाएपछि प्रहरीले उनीहरुलाई घेरा हालेर नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने मोरङ र सुनसरीका छन् । पक्राउ पर्नेमा कटहरि ४ का १८ वर्षीय शेष अलि, सुनसरी बर्जू गाउँपालिकाको विजय चौधरी, सोही ठाउँका राहुल दास र १९ वर्षीय ललनकुमार मेहतासहित १५ जना रहेका छन् । पक्राउ परेका अन्य १२ जना नवलाक रहेकोले प्रहरीले उनीहरुको नाम सार्वजानिक गरेको छैन ।

पक्राउ परेका अलिको साथबाट प्रहरीले तरबार बरामद गरेको छ । उनीहरूको साथबाट प्रहरीले खुँडा, लाठ्ठी र नखलगायतका हातहतियार बरामद गरेको छ । पक्राउ परेका अलिको समूह विराटनगरको घोगा पुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ग्याङ फाइट गर्ने उद्देश्यले शान्ति चोक जान भनेर हिँडेको थियो । ‘ग्याङ फाइट गर्न हिँडेको भन्ने सूचना प्रहरीले बेलैमा जानकारी पाएपछि उनीहरुलाई बीचमै नियन्त्रणमा लियो । दुर्घटना हुनसक्ने जोखिमलाई समयमै सूचना पाउँदा जोगाउन प्रहरी सफल भएको छ । उनीहरुसँग सोधपुछ भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्