विराटनगरमा छाडा चौपाया : घरमा गोठ, सडकमा चरीचरन

विराटनगरमा छाडा चौपाया : घरमा गोठ, सडकमा चरीचरन

विराटनगर । विराटनगरका सडकमा छाडा चौपायाको संख्या दैनिक बढ्दो क्रममा देखिन्छ । वर्षात् सकिएपछि मुख्य तथा सहायक सडकको आसपास हरियो घाँस पलाएको छ । काट्न नमिल्ने घाँस पलाएको सडक घरमा पालिएका चौपायाका लागि चरन क्षेत्र जस्तै बन्ने गरेको छ । घरका गोठमा पालेका चौपायालाई सडकमा चरीचरनका लागि छोड्दा त्यसले दुर्घटनाको जोखिम बढाएको छ ।

तर, चरनका लागि सडकमा छोडिएका चौपायाको रातको बास समेत सडक मै हुने गरेको छ । यसको त झन् अतिव्यस्त राजमार्ग दुर्घटनाका लागि उच्च जोखिम क्षेत्र बन्ने गरेको हो । सडकका छोडिएका छाडा चौपाया नियन्त्रणका लागि विराटनगर महानगरपालिका नगर प्रहरीले काम गर्दै आएको छ । तर, नियन्त्रणमा लिएका चौपाया राख्ने ठाउँ नहुँदा पक्राउ गर्दै जरिवाना तिराएर फिर्ता दिने गरेको छ ।
सडकमा भएका चौपाया नियन्त्रणमा लिएर सुरक्षित स्थानसम्म लान समेत सहज छैन । पक्रनै समस्या हुन्छ, त्यसमा पनि तानेर निश्चित स्थानसम्म पु¥याउन पनि सजिलो हुन्न ।

राजमार्गमा चौपाया छाडा छोड्दा यात्रुदेखि सवारीसम्मलाई समस्या हुने गरेको नविन कुमार साहको भनाई छ । यसलाई नियन्त्रण नगर्दा कतिपय पसलमका समानमा समेत क्षति पु¥याउने गरेको छ । विराटनगर–५ निवासी शिक्षिका दुर्गा बस्नेतले सडकमा जथाभावी चौपाया हुँदा त्यसले विद्यार्थीलाई समेत असर गरिरहेको बताउँछिन् । स-साना बालबालिका चौपाया देख्दा डराउने र कुद्ने हुँदा दुर्घटना हुनसक्ने जोखिम छ ।

विराटनगरका सिफी सफारी चलाउँदै स्वरोजगार रहेका लक्ष्मण प्रसाद साहका अनुसार सडकको बीच डिभाइडरमा घाँस पलाएपछि त्यहाँ चर्नका लागि पशु आउने गरेका छन् । यिनका धनीले समेत घाँस खाएर अघाउँछ भन्दै ल्याएर छोडिदिने गरेका उनले बताए । तर, यसले सवारी आवागमनमा पारेको असर बारे पशु धनीलाई जानकारी नभएको जस्तो गरिरहेको साहले बताए।

विराटनगर महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार पशुचौपाया घाँस हुने सिजनमा सडकमै छोड्ने गरिएका छन् । नगर प्रहरीले नियन्त्रणका लागि गस्ती चलाए पनि जरिवाना बुझाएर धनीले लिएपछि पुनः छोड्ने गरेका छन् । नगर प्रहरीले गाई नियन्त्रणमा लिए धनीले दुई हजार बुझाएर फिर्ता लैजाने गरेका छन् । भैंसी नियन्त्रणमा लिए दुई हजार ५०० रुपैयाँ र बाख्राको आठ सय रुपैयाँ जरिवाना असुल गर्ने गरिएको छ ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्