टिकाराम पुरी अध्यक्ष रहेको हिमालय मातृभूमी फाउण्डेशनले विराटनगरमा अवधारणापत्र सार्वजनिक गर्दै

टिकाराम पुरी अध्यक्ष रहेको हिमालय मातृभूमी फाउण्डेशनले विराटनगरमा अवधारणापत्र सार्वजनिक गर्दै

विराटनगर, असोज २३ ,

विराटनगरमा यही असोज २६ गते शुक्रबार गैरनाफामुलक सामाजिक संस्था ‘हिमालय माृतभूमी फाउण्डेशन’ले  अवधारणापत्र सार्वजनिक गर्ने कार्यक्रम गर्ने भएको छ। फाउण्डेशनले ‘सुशासन विकास र समृद्धिका लागि राष्ट्रिय अभियान २०८०’ विषयक अवधारणापत्र सार्वजनिक गर्न लागेको हो । प्याब्सनका निबर्तमान केन्द्रीय अध्यक्ष, शिक्षासेवी टीकाराम पुरी सो संस्थाका अध्यक्ष रहेका छन्

विराटनगरको बरगाछीस्थित कञ्चनजंघा बैंकेटमा हुने कार्यक्रममा नेता, बुद्धिजीवी, समाजसेवी, शिक्षाविद्, पत्रकारलगायतलाई आमन्त्रण गरिएको छ । हिमालय माृतभूमी फाउण्डेशन’को केही दिनअघि काठमाडौंमा भएको कारक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले फाउण्डेशनको उद्घाटन गरेकी थिइन् ।

देशमा सुशासन, विकास र समृद्धिमा जोड दिनु फाउण्डेशनको उद्देश्य रहेको अध्यक्ष पुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्