विराटनगर । मोरङमा चाडपर्व लक्षित ट्राफिक योजना अन्तर्गत राडार गनमाफएत सवारीको स्पिड नियन्त्रणदेखि ६ स्थानका यात्रु शाखाबाट सिट क्षमता अनुगमन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विशेष गरेर दशैं लक्षित ट्राफिक योजना कार्यन्यन गर्ने तयारी सुरु गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेका अनुसार यो दशैंमा सवारीको गति नियन्त्रणमा राडार गन प्रयोग गरिने छ । राजमार्ग मापदण्ड विपरित भएमा त्यस्ता सवारीलाई कारवाही गरिने छ । गति मापनका लागि आकस्मिक चेकजाँच गरिने ट्राफिक प्रमुख न्यौपानेले जानकारी दिएका छन् । यसैगरी जिल्लाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ ।
विराटनगर बसापर्कमा बुधबार यसको औपचारिक उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । विराटनगरसहित रंगेली, बेलबारी, विराटचौक, पथरी, उर्लाबारीमा यात्रु सहायक कक्ष स्थापना गर्न लागिएको हो । यसमध्ये मोरङको पथरीमा सोमबार नै यात्रु सहायक कक्ष स्थापना गरिसकिएको छ ।
ट्राफिक प्रहरीले नियमित सवारी चेकजाँच बाहेक विशेष योजनामा राजमार्गमा सवारीको स्पिड कन्ट्रोल र सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी कारवाहीलाई प्राथमिकतामा राखेको छ । राजमार्ग मापदण्ड अनुसार शहरी क्षेत्रमा ४० किलोमिटर÷प्रतिघण्टा र खुल्ला क्षेत्रमा ६० किलोमिटर÷प्रतिघण्टा भन्दा बढी गतिमा सवारी चलाउने चालकलाई कारवाही गरिने छ । यसैगरी सिट क्षमता भन्दा बढी यात्रु कोचेर हिड्ने सार्वजानिक सवारी र गन्तव्यमा नपु¥याई बीच बाटोबाटै अर्को सवारीलाई यात्रु मेल गरेर दुःख दिने सवारीलाई समेत कारावही गरिने भएको छ ।
दशैंमा कुनैपनि असजिलो भएको खण्डमा १०० र १०३ नम्बरमा डायल गरेर गुनासो टिपाउन यात्रुहरुसँग आग्रह गरिएको छ ।