विराटनगरको माछापुच्छ्रे सहकारी घोटाला : संचालकलाई सत्ताले जोगाउँदा, बचतकर्ता सडकमा भौतारिँदै

विराटनगरको माछापुच्छ्रे सहकारी घोटाला : संचालकलाई सत्ताले जोगाउँदा, बचतकर्ता सडकमा भौतारिँदै

विराटनगर । छसय बचतकर्ताको नौ करोड बढी रकम अपचलन गरेर चार सञ्चालक सम्पर्कविहीन हुँदा बचतकर्ता सडकमा भौतारिँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा बचतकर्ताले दिएको उजुरी लिन अस्वीकार गर्दै आएको छ । जसको मारमा दशैं मान्ने पैसा मागिरहेका बचतकर्ता परेका हुन् ।

माछापुच्छ्रे सहकारी संस्थाका संचालक अमलेशकुमार कर्ण, संजय थापा (प्रभाकर) अमित कार्की, र राधादेवी लिम्बु बचतकर्ताको सम्पर्कमा छैनन् । उनीहरु सहकारी र बचतकर्ताको सम्पर्कमा नभएपनि शहरमा भने घुमिरहेका छन् । संकटग्रस्त सहकारीका बचतकर्ता भने केहि  नचलेर दशैंको मुखमा आन्दोलित हुँदै सडकमा निस्केका छन् ।

सहकारीको कार्यालय बन्द छ । प्रदेश सहकारी रजिष्टार कार्यालयले माछापुच्छ्रे सहकारीका ४ मध्ये ३ संचालकको सम्पत्ति रोक्का गरेको छ ।सहकारीका संचालक संजय थापाले १ करोड ६० लाख, अमित कार्कीले ४ करोड ७३ लाख, अमलेश कुमार कर्णले १ करोड ४७ लाख र राधादेवी लिम्बुले १ करोड ४४ लाख रुपैयाँ हिनामिना गरेको प्रतिवेदन भने रजिष्ट्रार कार्यालयले नै सार्वजानिक गरेको छ ।

विराटनगर महानगरपालिका, मोरङको बुढीगंगा गाउँपालिकाको केही वडा मात्र सहकारीको कार्यक्षेत्र छ । सहकारी ऐन विपरीत सहकारीका संचालकले विराट चौकबाट समेत ६० लाखभन्दा बढि रुपैयाँ संकलन गरेको छ । बचत कर्ताहरूले बचत गरेको रकम पाउनु पर्ने माग गर्दै मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेका छन् । उनीहरुले अबको आन्दोलन जिल्ला प्रशासन कार्यालय अगाडी केन्द्रीत गर्ने भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्