विराटनगर । विराटनगरको हिमालय रोडमा हुन लागेको दशैँ फुड फेस्टिबलको तयारीलाई आयोजक टिमले यतिबेला तिव्र रुपमा अगाडी बढाईरहेको छ ।
विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८गतेदेखि कात्तिक ४ गतेसम्म दशैं फुड फेस्टिबल हुँदैछ ।
मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनको संयुक्त आयोजनामा फुड फेस्टिबल हुन गईरहेको छ । यसका लागि अहिले आयोजक टिमले फुड फेस्टिबल स्थानको अवलोकन तथा अनुगमन गरिहेको छ । फुड फेस्टिबलमा राखिन लागेको स्टलहरुको एरीयाहरुको मापनदेखी कस्तो डिजाईनमा तयारी गर्ने काम भईरहेको भाजु युवराज फाउण्डेसनका युनेशराज श्रेष्ठले जानकारी दिए ।
फुड फेस्टिबलमा नेवारी, मारवाडी, थारू, राई, लिम्बु लगायत विभिन्न जातका २० देखि २५ वटा जातीय परिकारको खानाका स्टल रहने समेत आयोजकले जनाएको छ । दशैँको बेला विराटनगरवासीलाई दशैँ विशेष मेला कार्यक्रम गर्न लागिएको मञ्जिना मुभिज क्रिएसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए।
पछिल्लो समय व्यापार व्यावसायमा आर्थिक मन्दी भईरहेको अवस्थामा यहाँका उद्योगी व्यापारी तथा युवा
व्यवसायीहरुको हितका लागि गरिन लागेको मेलाले ठुलो रात मिल्ने स्थानीय पारस थापाले बताए ।
फेस्टिबलको अवधिभरी राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुती समेत रहने आयोजक टिमले जनाएको छ ।
विराटनगरको हिमालय रोडमा हुने लागेको यस किसिमको मेलाले गर्दा त्यहाँ भर्खरै निर्माण गरिएका संरचनाहरु टुट्फुट हुनबाट बचाउनको लागि पनि आयोजक टिमले त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।