मिस ग्राण्ड इन्टरनेशनलमा विराटनगरकी गरिमा घिमिरे

<span class='c1'>मिस ग्राण्ड इन्टरनेशनलमा</span> <span class='c2'>विराटनगरकी गरिमा घिमिरे</span>

विराटनगर । मिस ग्राण्ड नेपाल–२०२३ की विजेता विराटनगरकी गरिमा घिमिरे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन भियतनाम पुगेकी छन् ।

पहिलो चरणमा मिस ग्राण्ड इन्टरनेशनल प्रतिस्पर्धाको शीर्ष २० भित्र रहनका लागि सामाजिक संजालबाट भोट गर्नुपर्ने भएकाले घिमिरेले सबैलाई भोटका लागि अपिल गरेकी छन् ।

उपाधि जित्ने लक्ष्यसहित भियतनाम पुगेकी विराटनगर-३ निवासी घिमिरे मिस ग्राण्ड नेपालको प्यारेन्ट प्रतिस्पर्धामा छिन् । गरिमा मिस युनिभर्स नेपाल-२०२३ को उपविजेता घोषित भएकी थिइन् । फस्ट-रनरअप बनेपछि उनले मिस ग्राण्ड इन्टरनेशनलमा मुलुकको प्रतिनिधित्व गर्ने मौका पाएकी हुन् ।

उनले सामाजिक संजालमार्फत आफ्नो अहिलेसम्मको यात्रालाई थप उचाईमा पुर्याउन अधिक लाइक, शेयर र कमेन्ट गरिदिन आग्रह गरेकी छन् । यसका लागि फेसबुक, र इन्स्टाग्राममा गएर मिस ग्रान्ड इन्टरशेनलमा गरिमा घिमिरेका तस्बिरमा कमेन्ट, लाइक र शेयर गर्नुपर्ने हुन्छ ।

फेसबुकमा एक लाइक बराबर उनले ५ पोइन्ट , एक शेयर गरे बराबर १० पोइन्ट पाउने गरिमा घिमिरेले आवर विराटनगरलाई बताईन।

त्यसैगरी इन्स्टाग्राममा एट्द रेट मिस ग्रान्ड इन्टरनेशनलमा गएर भोट गर्नुपर्ने हुन्छ । गरिमालाई इन्स्टाग्रामबाट तस्बिरबाट एक लाइक बराबर १० पोइन्ट मिल्नेछ । भने भोट गर्नुअघि मिस ग्राण्ड इन्टरनेशनलको पेजलाई भने अनिवार्य लाइक गर्नुपर्नेछ । भोट गर्ने अन्तिम मिति आज राती ११ बजेसम्म मात्रै रहेकाले घिमिरेले विराटनगरवासीलाई सहयोग गरिदिन अनुरोध गरेकी छिन्।

भोट गर्नका लागि :
फेसबुक :https://m.facebook.com/photo.php?fbid=953038609524596&id=100044553964329&set=a.253521036143027&mibextid=I6gGtw

इन्स्टाग्राम : https://www.instagram.com/reel/Cx7cIWVPw5y/?utm_source=ig_web_copy_link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्