विराटनगरमा हुन लागेको ‘दशैँ ’ सडक महोत्सव २०८०’ को तयारी अन्तिम चरणमा

<span class='c1'>विराटनगरमा हुन लागेको ‘दशैँ  ’ सडक</span> <span class='c2'>महोत्सव २०८०’ को तयारी अन्तिम चरणमा</span>

विराटनगर । विराटनगरको हिमालय रोडमा हुन लागेको दशैँ फुड फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक टिमले जनाएको छ ।
विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८गतेदेखि कात्तिक ४ गतेसम्म हुन लागेको दशैं फुड फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक टिमले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।


मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनको संयुक्त आयोजनामा फुड फेस्टिबल हुन गईरहेको छ । अहिले सम्म २५ वटा स्टल बुकिङ्क भईसकेको मञ्जिना मुभिज क्रिएसनका निर्देशक जतिन ताम्राकारले पत्रकार सम्मेलनमा जानकारी दिए ।
ट्राफिक चौकदेखी महेन्द्र चौक सम्म दशै भाईब्सको साज सज्जावट गरिने भाजु युवराज फाउण्डेसनका युनेशराज श्रेष्ठले जानकारी दिए ।

फुड फेस्टिबलमा नेवारी, मारवाडी, थारू, राई, लिम्बु लगायत विभिन्न जातका २० देखि २५ वटा जातीय परिकारको खानाका स्टल रहने समेत आयोजकले जनाएको छ । दशैँको बेला विराटनगरवासीलाई दशैँ विशेष मेला कार्यक्रम गर्न लागिएको र फेस्टिबलको अवधिभरी राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुती समेत रहने आयोजक टिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्