हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक

हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक

विराटनगर । हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक गरिएको छ ।

गैर नाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित फाउण्डेसनले विराटनगरमा एक औपचारिक कार्यक्रमका बिच अवधारणा पत्र सार्वजनिक गरिएको हो ।

फाउण्डेसनको ‘सुशासन, विकास र समृद्धीको लागि राष्ट्रिय अभियान–२०८०’ को अवधारणा–पत्र सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष टिकाराम पुरीले अति राजनीतिकरणले देश अधोगति तर्फ लागेको भन्दै अब राजनीतिमा देखिएको भ्रष्टीकरणलाई परास्त गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

अहिलेका प्रमुख राजनीतिक दलहरुले देशमा ठूला–ठूला राजनैतिक परिवर्तन ल्याउन अहम भूमिका खेलेको भूल्न नहुने अध्यक्ष पुरीले बताए।
तर त्यसकै बलमा राजनीतिमा घुसेको भ्रष्टीकरणको चर्को विरोध गर्नुपर्ने बताए । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन यीनै दलहरुको भूमिका रहेपनि पछिल्लो समय खुलेका भ्रष्टचार, अनियमितता फायलहरु दलकै मिलिभगतमा सामसुम हुने गरेको अध्यक्ष पुरीले कटाक्ष गरे ।

नेपालको राजनीति सधै अस्थिर रहने गरेको भन्दै उनले अहिलेको निर्वाचन प्रणाली नै बदल्न आवश्यक रहेको बताए । आर्थिक अवस्थामा देश अधोगती तिर लागेको चर्चा गर्दै अध्यक्ष पुरीले नेपालका युवा पुस्ता जसरी अहिले विश्वका विभिन्न मुलुकहरुमा पलायन भईरहेका छन्। त्यसले समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताए ।

युवा नभएको देशमा जेष्ठ नागरिक र बालबालिका मात्रै भएर देशको विकास सम्भव नभएको उनले बताए । यस्तै उनले संघीयता आवश्यक रहेपनि संरचनामा केहि सुधार गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

उनले फाउण्डेसनले चालेको यो अभियानलाई देशभर पुर्याउने र राज्यलाई सुशासनका लागि दबाब सृजना गर्ने समेत बताए ।

फाउण्डेसनका महासचिव कुमार घिमिरेले सञ्चालन गरेको अवधारणा पत्र सार्वजनिकरण कार्यक्रममा राजनीतिशास्त्री कृष्ण पोखरेल , राजनीति विश्लेषक दिनेश श्रेष्ठ, प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुङ्गाना, पूर्व राजदुत महेश दाहाल र गैरसरकारी संस्थाको तर्फबाट विष्णु शर्मालगायतले मन्तव्य व्यक्त गर्दै राजनीतिक दल र राज्यका कमजोरी औल्याउँदै समृद्ध मुलुक बनाउन सचेत वर्गले बोल्ने बेला आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्