दशैंको अवसर पारेर विराटनगर बसपार्कमा थपिए पाँच नयाँ बस

दशैंको अवसर पारेर विराटनगर बसपार्कमा थपिए पाँच नयाँ बस

विराटनगर । दशैंको अवसर पारेर यातायात व्यवसायीले विराटनगर बसपार्कबाट छुट्ने गरी पाँच यात्रुवहाक बस भित्र्याएका छन् । पाँच कम्पनीका बसमध्ये एउटा नयाँ कम्पनी समेत रहेको छ ।

लामो दुरी अन्तर्गत काठमाण्डौं र बिरगञ्ज छुट्ने बस सुविधाजनक रहेका छन् । विराटनगर बस टर्मिनल परिसरबाट काठमाण्डौंका लागि तीन र बिरगञ्जका लागि एएटा बस छुट्ने छ । एउटा बस भने बाई विराटनगर भएर रंगेलीबाट छुट्ने छ ।
आर्थिक मन्दिको चर्चा चलिरहेको बेला नयाँ कम्पनीको रुपमा नेपोलियन कम्पनीले एसीसहितको सुविधा भएको नेपोलियन यातायात थपेको छ । यसका सञ्चालक सुर्य विष्ट हुन् ।

त्यसैगरी सजिलो डिलक्स, समय, कोशी, प्रगति समेत विराटनगर क्षेत्र भएर लामो दुरीका लागि छुट्ने गरि थपिएका हुन् । यीमध्ये समय डिलक्सले सट्टामा एसी बस थपेको छ । यो रंगेलीबाट काठमाण्डौंका लागि छुट्ने छ । प्रगति भने विराटनगरबाट बिरगञ्जका लागि छुट्ने छ ।
इातायात व्यवसायी एवं विराटनगर बसपार्क सञ्चालन समितिका कोषाध्यक्ष राजु धमलाका अनुसार दशैंको अवसर पारेर थपिएका नयाँ बसहरुले सेवा शुभारम्भ गरिसकेका छन् । यी बाहेक दशैं लक्षित गरेर भित्र्याउन लागिएको बुलेट बस भने केहि ढिला गरेर मात्रै आउने भएको छ । धमलाको स्वामित्व रहेको बुलेट तिहारसम्म आउनसक्ने बताएका छन् । नयाँ बसमध्ये एसी सुविधा भएको भए ९५ लाख देखि करोडसम्म, डिलक्स ७० देखि ७५ लाखसम्म मूल्य पर्ने गरेको छ ।

विराटनगर बस टर्मिनल सार्वजानिक निजी साझेदारी अवधारणमा सञ्चालित छ । टोल विकास संस्था, बस व्यवसायी संघ, मजदुर संघ र संगठनका प्रतिनिधि सम्मिलित १५ सदस्यीय व्यवस्थापन समिति रहेको छ ।
समितिले मासिक ६ लाख ९४ हजार ७२५ रुपैँयामा ठेक्का लिएको हो । एक बिघाहा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको टर्मिनल क्षेत्रबाट दैनिक ३५० यात्रुवहाक सवारी लामो तथा छोटो दुरीका लागि गन्तव्यतर्फ निस्कने गरेका छन् । टर्मिनल शुल्कको रुपमा ठूला सवारीसँग ११० र साना सवारीसँग ८० रुपिँया लिईने गरिएको छ ।

विराटनगरमा सुविधासम्पन्न टर्मिनल क्षेत्रमा १४ वटा सिसी क्यामरा जडान गरिएको छ । टर्मिनल भवनबाट व्यवस्थापन समितिले सवारीहरुको निगरानी गर्दै आएका छन् । टर्मिनल भवनमा ७ वटा टिकट काउन्टरसहित एउटा सटर भाडामा लगाइएको छ । माथिल्लो तलामा एउटा होटल र व्यवस्थापन समितिको अफिस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्