विराटनगर । विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिबल २०८० सुरु भएको छ ।
स्थानिय जातजातीका परिकारहरुलाई प्रवद्धन गर्ने उदेश्यका साथ आईतबार बेलुकादेखी आगामी कात्तिक ४ गतेसम्मको लागि दशैँ फुड फेस्टिवल २०८० सुरु भएको हो ।
विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म २५ वटा भन्दा बढी खाना लगायत घरेलु उत्पादनका वस्तुहरु स्टलमा राखिएका छन् ।
मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनको संयुक्त आयोजनामा फुड फेस्टिवल आयोजना गरिएको हो ।
ट्राफिक चौकदेखी महेन्द्र चौक सम्म दशै भाईब्सको साज सज्जावट गरि आम सर्वसाधरणलाई हिडड्ल हुने गरी स्टलहरु राखिएका छन् । फुड फेस्टिवलमा विशेषगरी पाँचथर मिक्लाजुङ्कको किवीबाट बनेका जुस , वाईन्, अचारहरु समेत उपलब्ध छ ।
त्यसैगरी अर्घानिक घरमा मुस्ताङ्कको स्याउ , आलु लगायत राजस्थान ढावा , पोर्क सुकेवा , निवारी खाजा लगायत विभिन्न खानाका परिकारहरु राखिएका छन् । फुड फेस्टिवल कार्यक्रम अवधिभर स्थानीय कलाकारहरूको प्रस्तुती समेत रहदै आएको छ ।