विराटनगरमा ट्राफिक जरिवाना बुझाउन दिनभर दौडधुप

<span class='c1'>विराटनगरमा ट्राफिक जरिवाना</span> <span class='c2'>बुझाउन दिनभर दौडधुप</span>

विराटनगर । ना ५ ख ३४६७ नम्बरको सवारी आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लियो । उसले डाला भन्दा माथिसम्म (भवर) लोड राखेको भन्दै सवारी नियम उल्लंघनको कसुर गरेको थियो । ट्राफिक प्रहरीले सवारी चालक भगत राम चौधरीलाई एउटा स्लिप थमाईदियो । उनी त्यो बोकेर दिनभर जिल्ला ट्राफिक प्रहरी कार्यालयको गेटमा उभिए । उनको सवारीका कागजात ड्युटीमा रहेका प्रहरीसँगै थियो । दिनभरको ड्युटी सकाएर साँझ कार्यालय फर्केपछि कागजात आईपुग्छन् ।

चौधरीलाई हतार थियो । तर, ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस) सफ्टवेयरमा इन्ट्री नहुँदासम्म उनले बैकिङ प्रणालीमार्फत जरिवाना समेत बुझाउन सक्दैनन्  । साँझमा इन्ट्री भएपछि भोलिपल्ट मात्रै उनले राजस्व भुक्तानी गर्नसक्ने थिए । उनले भने अहिलेको सिस्टमले हामी जस्ता चालकलाई हैरान दियो, त्यसमा पनि मोवाइलबाट पैसा बुझाउन आउँदैन । उनीले कि त अरुको भर पर्नुपर्ने हुन्छ कि त बैंकमा गएर भौचर भराएर जरिवाना वापतको रकम दाखिला गर्नुपर्ने हुन्छ । चौधरीले कागजात नियन्त्रणमा लिएपछि तत्काल ट्राफिक प्रहरीले विवरण इन्ट्री गरेर प्रक्रिया छोट्याउन मद्दत गर्नुपर्ने बताए ।

सवारी नियम उलंघन कसुरहरुको जरिवाना वापतको राजस्व बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने नियमले कतिपय चालकको दिन त्यसै बित्ने गरेको छ । गत साउन १ गतेदेखि प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवाना वापतको राजश्वलाई बैकिङ्ग प्रणालीमा जोडेको थियो । यो प्रणाली एकिकृत र भरपर्दो भएपनि सेवाग्राहीका लागि झन्झटिलो देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेका अनुसार यदि कुनै सवारी कारवाहीमा परे स्थलगत ड्युटीमा रहेका ट्राफिक प्रहरीले स्लिप काट्छन्, त्यसपछि सवारीका कागजात नियन्त्रणमा लिइन्छ, त्यो नियन्त्रणमा लिइएको कागजात कार्यालयमा पुगेपछि कम्प्यूटरबाट सिस्टममा इन्ट्री हुन्छ, त्यसपछि सवारी धनी वा चालकले बैंकिङ प्रणालीबाट राजस्व जम्मा गरेपछि मात्रै कागजात र सवारी छुट्नेछ ।

यो प्रक्रिया पूरा गर्न कम्तिमा २४ घण्टा लाग्ने छ । जसको असर सेवाग्राहीलाई परेको छ । सेवाग्राहीमध्ये पनि कतिपयसँग एन्ड्रोइड मोवाइल, बैंक एकाउन्ट र मोवाइल बैकिङको पहुँच नहुँदा उनीहरुका लागि जरिवाना बुझाउन तोकिएको बैंकमा लाइन बस्नुपर्ने बाध्यता हुन्छ । प्रहरी प्रधान कार्यालयले ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस( सफ्टवेयर प्रणालीको विकास गरेर कोशीमा विराटनगर, धरान र दमकमा यो एकिकृत रुपमा कार्यान्वयनमा ल्याएको छ । यो सिस्टम देशका अन्य शहरमा समेत छ । तर, कारवाहीमा परेका सवारीको विवरण स्थलगत रुपमै अपडेट गर्ने एप्स नहुँदा भने चालकहरुको दिन त्यतिकै व्यतित हुने गरेको हो ।

जुन सिस्टमका आधारमा कारवाही सुरु हुन्छ, त्यसपछि सवारी नियम उल्लंघनको विवरण, सवारी चालक अनुमतिपत्र नविकरणको विवरण, कारवाहीमा परेको विवरण देशभरमा हेर्न सकिनेछ । यसमा मोरङमा सवारी नियम उल्लंघन कसुर गरेको सवारीले जरिवाना नभराई झापा पुगेर त्यहाँ पनि कारवाहीमा परे टिभिआरएस प्रणालीमा त्यो रेकर्ड हेर्न सकिनेछ । त्यसपछि पहिले मोरङ कार्यालयको राजस्व दाखिला गरेर कागजात झिकेपछि मात्रै झापामा परेको कारवाहीको राजस्व दाखिला गरेर सवारी साधन वा कागजात फिर्ता पाइन्छ ।

सवारी नियम उल्लंघन कसुरमा पहिलो पटक भएको भए ५००, दोस्रो पटक भए १००० र तेस्रो पटक भए १ हजार ५०० जरिवाना लाग्छ । यस्तो जरिवाना भराउनका लागि डड्डा पल्टाउनु पर्ने बाध्यता हटेपनि चालकका लागि झन्झट भने थपिएको छ । टिभिआरएस प्रणाली कार्यान्वयनमा आएपछि अनलाइन सिस्टममै कति पटक कारवाही भएको भन्ने हेर्न मिल्ने ट्राफिक प्रमुख न्यौपानेको भनाई छ । त्यति मात्रै नभई ट्राफिक कार्यालयले सफ्टवेयरमा विवरण इन्ट्री नगर्दासम्म बैंकिङ प्रणालीमा समेत देखिने छैन ।

ट्राफिक प्रमुख न्यौपानेका अनुसार मोवाइल एप्सबाट यो प्रणालीलाई स्थलगत रुपमै कार्यन्वयनमा ल्याउँदा सवारी कसुर जरिवाना दुरुपयोग हुनसक्ने संभावना हुन्छ । अर्थात् कागजात नियन्त्रणमा लिएपछि मिलेमतोमा सवारी छुट्न सक्ने संभावना बाँकी रहन सक्छ ।
सवारी नियम उल्लंघनको कसुर लागेर ट्राफिक प्रहरीको नियन्त्रणमा परेको अवस्थामा सबैभन्दा पहिला कार्यालयमा विवरण इन्ट्री हुनुपर्छ, त्यसपछि बैंकमा गएर भौचर जम्मा गर्नुपर्ने वा मोवाइल बैंकिङ वा अन्य अनलाइन पेयमेन्ट गेट–वे मार्फत भुक्तानी गर्न सकिनेछ । जस्तै फोन–पे, खल्ती, ई–सेवा । आइतबार भेटिएका चौधरीले जतिसक्दो सहज सुविधाबाट कारवाही चलाईदिए चालकहरुको दैनिकी कमाई जोगिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्