विराटनगरमा बैंकको सेवा लिन जाने सेवाग्राहीले पाउँदैनन् पार्किङ सुविधा

विराटनगरमा बैंकको सेवा लिन जाने सेवाग्राहीले पाउँदैनन् पार्किङ सुविधा

विराटनगर । विराटनगरमा सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङ अवधारणा सुरु भएपछि त्यसको फाइदा शहर शान्त र सुन्दर बनेको थियो । दशैं सुरु भएपछि अहिले शहरका सडकमा पार्किङ खुल्ला गरिएको छ । पार्किङ खुल्ला गरिएपछि केहि भीडभाड भएपनि व्यापारमा केहि सहज भएको व्यापारीको दावी छ ।

विराटनगरमा पार्किङको समस्या र समाधानका विविध उपाय अपनाउने प्रयास भईरहेका छन् । तर, सार्वजानिक पार्किङको अवधारणा समेत दिर्घकालिन योजनामा भने छैन । सार्वजानिक जग्गामा सार्वजानिक पार्किङ स्थायी रुपमा निर्माण गर्ने योजना अहिलेसम्म स्थानीय सरकारले ल्याएको छैन ।

विराटनगरमा भीड बढाउने र अव्यवस्थित शहर निर्माण गर्ने कार्यमा बैकिङ सेक्टरमा समस्या देखिएको छ । शहरका जथाभावी बैंकका शाखा खोल्ने र सेवाग्राहीलाई सवारी पार्किङको सुविधा भने नदिने समस्याले सडकमा जाम लाग्ने गरेको छ । सडकमा सवारी पार्किङ गरेर बैंकको सेवा लिनुपर्ने बाध्यता रहेका कारण त्यसको असर शहरको वातावरणमा परेको हो ।

बिराटनगरका निजी बैंकहरुले मापदण्ड अनुसार सेवाग्राहीलाई पार्किङ सुविधासहित सञ्चालन गर्नुपर्ने हुन्छ । तर, पार्किडको ब्यवस्था नहँुदा सेवाग्राहीले सडकमै सवारी रोक्ने चलन छ । बैंकमा सेवा लिन आउनेहरुले सार्वजानिक सडकलाई पार्किङस्थल बनाउँदा असर भने अन्य क्षेत्रमा समेत पर्दछ ।

महानगरपालिकाले बैकमा सेवा लिन आउने सेवाग्राहीका लागि पार्किङ सुविधाको व्यवस्था मिलाउन बैंकका सञ्चालकसँग यस अगाडी नै आग्रह गरिसकेको छ । दशैंसम्ममा त्यसको प्रवन्ध मिलाउने बैंकरहरुले प्रतिवद्धता जनाएका थिए । दशैं सकिएसँगै सडकमा पार्किङ गरेर बैंकको सेवा लिन नपर्ने स्थिति भने सिर्जना गरिएको छैन । महानगरले बैंकरहरुसँग गरेको छलफलको निष्कर्ष अनुसारको काम भने अहिलेसम्म भएको छैन ।

तर, कतिपय बैंकहरुले भने पार्किङसहितको कम्पाउण्ड भएको क्षेत्रमा बैंकका कार्यालयहरु सिफ्ट गर्ने तयारी भईरहेको दावी गरेका छन् । मेघा बंैकका ब्रान्च म्यानेजर दिपेश थापाले खाली जग्गा रहेको क्षेत्रमा बैंकको शाखा सार्ने तयारी भईरहेको बताए । उनले महानगरपालिकासँगको परामर्श अनुसार नै पार्किङ सुविधाका लागि भाडाका घरहरु खोज्ने काम भईरहेको बताए ।

महानगर प्रहरी प्रमुख राजन पौडेलले चार्डपव लक्षित बजारमा एकतर्फी पार्किङ खुल्ला गर्दा बजार अस्तव्यस्त भईसकेको बताएका छन् । उनले चाडपर्व सकिएपछि सडकको पार्किङ साविक रुपमै सार्वजानिक अवधारणामा फर्काइने बताए । उनले यस अगाडी प्रयासहरुलाई मूर्तरुप दिनका लागि बैंकहरुले समेत आफ्नो पार्किङस्थल अनिवार्य कार्यन्वयनमा ल्याउनु पर्ने बताए ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्