विराटनगर। विराटनगरको सुनचाँदी पसलमा छापा हान्दा तस्करीको ठूलो परिमाणको चाँदी बरामद गरेको छ ।
विराटनगर– ११ बिहिबार दिउँसो पिचरास्थित पशुपति ज्वेलर्समा छापा हान्दा ठुलो परिमाणको तस्करीको चाँदी बरामद गरेको हो । बरामद गरेको चाँदीको परिमाणको विषयमा डिटेल आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयम मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए ।
बरामद गरिएको चाँदी तौलिने काम भईरहेको समेत उनले जानकारी दिए । विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा हानेर चाँदी बरामद गरिएको हो। बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लास्टिकको बोरामा हालेर लगिएको छ ।
प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सका सञ्चालक विश्वजीत जानालाई नियन्त्रणमा लिएको छ ।
सुनचाँदी पसलबाट आज दिउँसो ठुलो परिमाणमा तस्करीको चाँदीको गरगहना बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका संचालकलाई अहिले विराटनगर भन्सार कार्यालयमा रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
पक्राउ परेका एक जना भारतीय नागरिक हुन् ।