विराटनगरमा पहिलो पटक ‘च्यारीटेबल पेट फेसन शो’ हुने

<span class='c1'>विराटनगरमा पहिलो पटक ‘च्यारीटेबल</span> <span class='c2'>पेट फेसन शो’ हुने</span>

विराटनगर । विराटनगरमा पहिलो पटक जनावरहरुको 'च्यारीटेबल पेट फेसन शो' हुने भएको छ ।

कात्तिक २३ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म विराटनगरको कञ्चनजङ्घा पार्टी प्यालेसमा फेसन शो हुने भएको हो ।

मान्छे र जनावर बीचको सम्बन्धलाई सुदृढ गर्न र विराटनगरमा उद्धार गरिएका जनावरहरूको लागि शेल्टर होम सुरु गर्ने भिजनका साथ एलिना एनिमल्स प्रिजर्भेसन नेपालले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रममा घरमा पालिएको जनावरहरु बीचमा प्रतिस्पर्धा हुने छ । नि:शुल्क दर्ता गरेर आफ्नो जनावरलाई फेसन शोमा सहभागी गराउन सक्नु हुने छ ।

प्रतिस्पर्धामा उत्कृष्ट जनावरले विभिन्न पुरस्कार प्राप्त गर्ने छन्। साथै नि:शुल्क पशु चिकित्सक परामर्श पनि उपलब्ध गराउने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्