विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थी बेलायतको विश्वबिद्यालयबाट दीक्षित हुदै

विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थी बेलायतको विश्वबिद्यालयबाट दीक्षित हुदै

विराटनगर इन्टरनेसनल कलेजका छैठौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित हुने भएका छन् ।

बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गर्न लागेको हो । इटहरीको सोल्टी होटेलमा कार्तिक २२ गते कलेजका ७९ जना विधार्थी दीक्षित हुन लागेका हुन् ।

वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयका प्रतिनिधि सहित बिद्यार्थीलाई दीक्षित गर्न लागिएको कलेजले जनाएको छ ।

विराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट सहित बिगत ९ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र बिगत ३ बर्ष देखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्