विराट टिचिङमा जुम्ल्याहाको ‘मेनिंगो माइलोसिल’ को सफल शल्यक्रिया

विराट टिचिङमा जुम्ल्याहाको ‘मेनिंगो माइलोसिल’ को सफल शल्यक्रिया

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा दुर्लभ मानिएको ‘मेनिङगो माईलोसिल’ रोगको शल्यक्रिया सफल भएको छ । मोरङको बुढीगंगास्थित टिचिङ हस्पिटलले जुम्ल्याहा नवजात शिशुमा देखिएको मेनिङगो माईलोसिलको शल्यक्रिया गरेको हो ।

भारत विहार अररिया थान घर भएकी ३० बर्षिया वकिला खातुनले कातिक १३ गते जुम्ल्याहा शिशु (छोरा) लाई जन्म दिएकी थिईन् । शिशुमा जन्मजात ढाडको मेरुदण्डको हड्डी बाङगिएर भित्री शरिरको अङ्गहरु बाहिर निस्कीएको थियो । शिशुको विराट मेडिकल टिचिङ हस्पिटलका बालशल्य चिकित्सक डाक्टर हिरामणी पाठकको टोलीले सफल शल्यक्रिया गरेको हो ।

यस्तो खालको रोग ५ हजारमा १ जनामा देखिने गरेको डाक्टर हिरामणी पाठकले बताउनुभयो । विश्वमा २०२३ सम्म २३ वटा केश रहेको र नेपालमा भने पहिलो रिर्पोट रहेको पाठकको भनाई छ । विश्वमा २४ औँ र नेपालमा पहिलो केश भएपनि यसको शल्याक्रियामा सफलता हाँसिल भएको उहाँको दावी छ ।

बच्चाको मेरोदण्ड बन्द भएका कारण यस्तो हुने गरेको डाक्टर पाठकको भनाई छ । गर्वअवस्थामा फोलिक एसिड कमि, धुम्रपान प्रयोग र ग्लोकोजको कमी भएका कारण पनि यस्तो हुने गरेको उहाँको भनाई छ । यस्तो खालको रोग निम्तन नदिनको लागी विवाह पश्चात गर्भधान गर्ने ईच्छा राख्ने महिलाले फोलिड एसिड नामक औषधी प्रयोग गर्नुपर्ने डाक्टर पाठकको सुझाव छ ।

शिशुको अवस्था राम्रो भएपछि अहिले अस्पतालले डिस्चार्ज दिएको छ । सुरुमा शिशु त्यस्तो अवस्था जन्मिएपछि परिवार एकदमै चिन्तित थिए । तर अहिले चिकित्सको लामो प्रयासपछि शिशुको अवस्था राम्रो भएपछि घरपरिवार खुशी भएका हुन् । शिशुका मामा मोहमद दाउदले सुरुमा निकै चिन्तित हुनु परेपनि विराट टिचिङका चिकित्सकको अथक प्रयासले खुशी हुने अवसर सिर्जना भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्