विराटनगर जलजला मोडमा एक महिनामा ट्राफिक लाइट जडान गरिने

<span class='c1'>विराटनगर जलजला मोडमा एक महिनामा</span> <span class='c2'>ट्राफिक लाइट जडान गरिने</span>

विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्र जलजला मोडमा एक महिना भित्रमा ट्राफिक लाइट जडान गरिने दावी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा तत्काल काम सुरु गर्ने सोमबार छलफल भएको हो ।

मोरड. टाफिक प्रहरी प्रमुख सुमन न्यौपानेले सवार आवागमन व्यवस्थापनका लागि महानगरपालिकाले जडान गर्न बजेट बिनियोजन गरे अनुसार काम अगाडी बढाई दिन माग गरेका हुन् । ट्राफिक लाइट जडानको ठेक्का सम्झौता भईसकेकोले ठेकेदारमार्फत काम अगाडी बढाउन ट्राफिक र नगर प्रहरीको समन्वयात्मक सहकार्य हुने बताइएको छ ।

ट्राफिक लाइड जडान हुने जलजला मोडमा सोमबार स्थलगत अनुगमन गरीएको छ । जिल्ला ट्राफिक प्रमुख न्यौपाने र नगर प्रहरीका प्रमुख राजन पौडेलले अनुगमनपछि निर्माण काम सुरु भएपछि सवारी व्यवस्थापनका विषयमा छलफल गरेका थिए । अनुगमनपछि अतिआवश्यक भएका कारण एक महिना भित्रै काम सम्पन्न गर्न ठेकेदारसँग आग्रह गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले विराटनगरका अन्य क्षेत्रमा समेत ट्राफिक लाइट जडान गर्न आवश्यक रहेकोले पहल लिने भएको छ । विराटनगर महानगरपालिकाले तीनपैनी, जलजला मोड र अर्को एक स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना अगाडी सारेको छ । छलेन सडक आयोजनाले मुख्य राजमार्ग अन्तर्गत रोडशेष, घाँसचौक, बरगाछी, कन्चनबारी महेन्द्र चौक र राजबंशी चौकमा ट्राफिक लाइट जडान गर्नेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको परामर्शमा छलेन सडक आयोजनाले ट्राफिक लाईट जडान गर्ने स्थान यकिन गरिसकेको छ ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्