केशलीया तटबन्ध सँगै सौन्दर्यीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल लिने

केशलीया तटबन्ध सँगै सौन्दर्यीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्रथमिकत्ताका साथ बजेट विनियोजन गर्ने र संघ र स्थानीय सरकारबिच समन्वय गरी नमुना एकीकृत योजनाको निर्माण गर्ने बताउनुभएको हो ।

विराटनगर महानगरपालिका दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका र बर्जु गाउँपालिकाका प्रमुख, उप प्रमुख तथा नदीले छोएका वडाका वडाध्यक्ष सहित स्विस सरकारका प्रतिनिधिहरुसंग वृहत् छलफल भएको हो । स्विस सरकारको सहयोगमा केशलीया तटबन्ध निर्माण लगायत सौन्दर्यीकरण कामको बृहत् गुरुयोजना तथा विस्तृत परियोजना प्रस्ताव स्विस सरकारको सहयोगमा भइरहेको छ ।

मुख्यमन्त्रीकार्कीले केशलीयानदीको एकीकृत विकाशले कोशीप्रदेश साझेदारीको पर्यटन तथा कृर्षिमा समेत टेवापुर्याउने भन्दै यसकालागि संघ प्रदेश र स्थानीय सरकार बिचको सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले नदीमानवजीवनसँगजन्मदेखि मृत्युसम्म जोडिएको हुनाले यसको संरक्षण सँगै सौन्दर्यीकरण गर्न सके आर्थिक लाभ समेत लिन सकिने बताउनुभयो ।

छलफल कार्यक्रममा स्विस सरकारका परामर्शदाता महेन्द्र सुब्बाले अहिलेसम्म भएकाकाम र बाँकीकाम सम्पन्न गर्न आइपर्ने चुनौतीकाबारेमाविस्तृत जानकारी गराउनुभएको थियो । उहाँले केशलीया कोरिडोरलाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको चासो र स्थानीय सरकारहरूले देखाएको उत्साहले परिणाम ल्याउनेमाविश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिकाका ४, ५, ६, ११, १२, १६ वडालाई छुँदै केशलीयानदी दक्षिण तर्फ बगेको छ भने बुढीगंगा गाउँपालिकाका २, ३, ४, बर्जु गाउँपालिकाका १, २, ३ लाई छुन्छ । कार्यक्रममा विराटनगर महानगर पालिकाका मेयर नागेश कोइराला, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगर, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार राय लगायतका पालिका उप प्रमुख तथा वडाध्यक्षहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्