दुर्घटनाको पासो बन्दै कोशी राजमार्ग अन्तर्गत विराटनगर क्षेत्रका ‘इन्टरसेक्सन’

दुर्घटनाको पासो बन्दै कोशी राजमार्ग अन्तर्गत विराटनगर क्षेत्रका ‘इन्टरसेक्सन’

विराटनगर । कोशी राजमार्ग विस्तार छलेन परियोजनाले सडक विस्तारको काम करिब अन्तिम चरणमा पु¥याएको छ । निर्माण छलेन सडक अब डिभिजन सडक विराटनगरलाई हस्तान्तरणको प्रक्रिया थालनी गर्ने तयारी गरेको छ । तर, सडक विस्तारका क्रममा विराटनगर क्षेत्रमा राखिएका इन्टरसेक्सन भने त्यसै छोडिने भएको छ ।

सडकको केन्द्रभागबाट दाँया–बाँया ३\३ लेन विभाजन गरिएको छ । सडकको केन्द्रभागमा डिजाइडरको स्थायी संरचना बनाइएको छ । केन्द्रभागको डिभाइडर क्षेत्रमा यात्रु तथा सवारी पासका लागि जथाभावी राखिएका इन्टरसेक्सन भने यथावत छोडिने भएको छ । निर्माणका क्रममा जथाभावी र मनमौजी तरिकाले यात्रु तथा सवारी क्रस गर्ने इन्टरसेक्सन राखिदाँ त्यो दुर्घटनाका लागि पासो बन्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यौपानेको भनाई छ । जथाभावी खाली छोडिएका कतिपय ठाउँ अहिले थुनिएको छ । तर, धेरै स्थानमा अहिलेपनि खुल्लै छ । यसरी सडक पारका लागि जथाभावी खुल्ला ठाउँ छोडिदाँ व्यस्त राजमार्ग दुर्घटनाका लागि अति संवेदनशील क्षेत्र बनेको ट्राफिक प्रहरीको बुझाई छ ।

विराटनगरमा कन्चनबारी, बरगाछी र महेन्द्रचौकमा इन्टरसेक्सन छोड्ने डिजाइन रहेको थियो । त्यस बाहेक धेरै छोटो दुरीमा ‘स्मल ओपनिङ सेक्सन’ समेत छोडिएको छ । यो सवारी तथा पैदल यात्रुका लागि सडक पार गर्ने सजिलो उपाय भएपनि दुर्घटनाका हिसाबले जोखिम मानिने ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानले बताए । उनले छलेन सडक आयोजनासँग समन्वय गरेर कतिपय इन्टरसेक्सनमा स्थायी डिभाइडर लगाउन आग्रह गरिने उनले बताए ।

ट्राफिक प्रहरीले दुर्घटनाको जोखिम क्षेत्र मानिएपनि छलेन सडक आयोजनालाई सम्बन्धित निर्माण व्यवसायीले सडक बरबुझारत गरिसकेका छन् । छलेन सडक आयोजना इटहरीका सुचना अधिकारी इन्जिनियर प्रियंका झाले निर्माणका क्रममा जथाभावी खाली छोड्न दवाव दिइएकोले यस्तो हुन पुगेको बताइन् । उनले अब छोडिएका इन्टरसेक्सन बन्द गर्ने काम अहिलेलाई नहुने बताइन् ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्