देशका १७ मेडिकल कलेजले भूकम्पका कारण घाईते नागरिकको निःशुल्क उपचार गर्ने

<span class='c1'>देशका १७ मेडिकल कलेजले भूकम्पका कारण</span> <span class='c2'>घाईते नागरिकको निःशुल्क उपचार गर्ने</span>

विराटनगर । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा घाईते नागरिकलाई देशका मेडिकल कलेजहरुले निःशुल्क उपचार गर्ने बताएका छन् । सरकारले त्यसका लागि प्राइभेट मेडिकल एशोसिएशनसँग आग्रह गरेको खण्डमा देशभरका दुई डेन्टल र १५ मेडिकल कलेजले निःशुल्क उपचार गरेर सहयोग पु¥याउने बताइएको छ ।

एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज नेपालका अध्यक्ष प्रा.डा.ज्ञानेन्द्र मान सिंह कार्कीले एक विज्ञप्ती प्रकाशित गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले नेपाल सरकारले आवश्यक ठानेर सहयोग मागेमा घाईतेहरुको सबै प्रकारको उपचार निःशुल्क गर्ने विज्ञप्तीमार्फत जनाएका हुन् । त्यसका लागि सरकारले औपचारिक रुपमा आग्रह गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्