विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा मोरङको विराटनगर महानगरपालिका–१० स्थित रहेको मानवसेवा आश्रममा आस्रित परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ ।
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा बुधबार भएको न्यानो कपडा बितरण कार्यक्रममा आश्रममा रहेका ६० जना महिला तथा बृद्धाहरु र १० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको हो । संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाले जाडो मौसमलाई लक्षित गरी आश्रममा आस्रित परिवारलाई न्यानो कपडा बितरण गर्नु भएको हो । उक्त कार्यक्रममा अध्यक्ष बास्तोलाले आस्रित महिलाहरुसंग मनोभावना समेत साटासाट गर्नु भएको थियो ।
सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मानव सेवा सम्वन्धि बिभिन्न परोपकारी कार्यहरु निरन्तररुपमा संचालन गर्दै आईरहेको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीका साथै नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।