विराटनगरमै बसेर बेलायतको डिग्री सहित विराटनगर इन्टरनेसनल कलेजका विद्यार्थी दीक्षित

विराटनगरमै बसेर बेलायतको डिग्री सहित विराटनगर इन्टरनेसनल कलेजका विद्यार्थी दीक्षित

विराटनगर, कार्तिक २३ , विराटनगर इन्टरनेसनल कलेजका छैठौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् ।

बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गरेको हो । इटहरीको सोल्टी होटेलमा बुधबार आयोजित कार्यक्रमका बीच विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । कलेजका ७९ जना बिद्यार्थी दिक्षान्त कार्यक्रममा सामेल भएका थिए। वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयकी डाइरेक्टर अफ स्टुडेन्ट रिक्रुटमेन्ट सर्जिन मोन्प्लेले बिद्यार्थीहरुलाई दीक्षित गरेकी थिइन ।

इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ वुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको र नेपाली बजार मात्रै हैन विश्वबजारलाई काम लाग्ने जनशक्ति उत्पादन गर्न सफल हुदै आएको बताए ।कलेजमा बिद्यार्थीहरुले अन्तर्राष्ट्रिय शिक्षा पाउन सफल भएको साथै नेपाल र नेपाल बाहिर पनि बिद्यार्थीहरुले रोजगारीमा उच्च लगनका साथ काम गर्न सक्ने बुढाथोकीले बताए ।विराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट सहित बिगत ९ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र बिगत ३ बर्ष देखि बिए अनर्स इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्