विराटनगरमा पनि क्रिकेट रंगशाला: राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढ्ने

विराटनगरमा पनि क्रिकेट रंगशाला: राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढ्ने

सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गोरवको आयोजनाका रूपमा अघि बढाउने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको हो। विराटनगरको बैजनाथपुरस्थित रंगशाला राष्ट्रिय गोरवको आयोजनाका रूपमा अघि बढ्ने भएको हो।

‘काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने मन्त्रिपरिषदबाट निर्णय भएको छ,’ सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘अहिले क्रिकेटमा नेपाली खेलाडीहरूले राम्रो प्रदर्शन गर्नुभएको छ। यसबारे पनि छलफल भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्