हतारमा टालटुल, दुई महिना नपुग्दै उप्कियो दुर्गाचौकमा सडक

हतारमा टालटुल, दुई महिना नपुग्दै उप्कियो दुर्गाचौकमा सडक

विराटनगर । विराटनगर–२ दुर्गाचौकमा गएको भदौमा मर्मत गरिएको सडक अहिले भत्किएको छ । रथयात्रा रमारोहलाई लक्षित गर्दै बरगाछी–पानीट्याङ्की र सोमबारे हाट–कन्चनबारी छुट्याउने दुर्गा चौकको सडक टालटुल पारिएको थियो । तर, रथयात्राका लागि मर्मत गरिएको सडक लक्ष्मीपूजा नआउँदै फेरी भत्किएको हो ।

विराटनगर महानगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले रथयात्राका लागि हतारमा मर्मत गरेर प्रयोग गरिएका कारण भत्किएको बताएका छन् । उनले तत्काल काम चलाउन टालटुल गरिएको सडक पुनः मर्मत गरिने बताएका छन् । उनले अस्थायी प्रयोजनका लागि टालटुल गरिएकोले त्यसको मर्मत बाँकी नै रहेको बताएका हुन् ।

रथका पाङ्ग्रा गुडाउन टालेको सडकमा ह्याभ्बी वेट मालवहाक सवारी गुड्दा त्यस्तो भएको इन्जिनियरहरुको दावी छ । दुर्गाचौकमा पर्ने चौबाटो बारम्बार भत्कने गरेको छ । त्यसको मूल कारण भने कटहरी औद्योगिक करिडोरका लागि मालवस्तु बोकेर गुड्ने सवारी मानिन्छ । सडकको भारवहन क्षमता भन्दा बढी वजन भएका ट्रक तथा ट्याङ्कर बरगाछी हुँदै दुर्गाचौक, तीनपैनी भएर शनिहाटबाट हाटखोला मोडिने गरेका छन् ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्