विराटनगरमा धनतेरस : ठाकुरवाडी रोडका सुनचाँदी पसलमा भीड

विराटनगरमा धनतेरस : ठाकुरवाडी रोडका सुनचाँदी पसलमा भीड

विराटनगर । बिराटनगरमा धनतरेसमा सुनचाँदी पसलमा भीड लागेको छ । विराटनगरको ठाकुरवाडी रोडमा धनतेरसमा सुनचाँदीका वस्तु खरिद गर्न आउनेहरु बिहानैदेखि देखिएका हुन् । धनतेरसमा सुनचाँदी खरिद गरेर घरमा राख्दा लक्ष्मीको बास सधैं रहने चर्चा रहेको छ । यद्यपी यो धर्मशास्त्रमा भने उल्लेख छैन ।

सुनचाँदी पसलमा धातुका सामाग्री खरिद गर्न पुग्नेहरुको भीडले व्यापारीलाई पनि भ्याईनभ्याई रहेको छ । व्यापारीहरुले आज सुनचाँदी खरिद गरेर घरमा राख्दा शुभ हुने बताउने गरेका छन् । चाँदीका सिक्का, करुवा , टिकादानी , खड्कुला, थाल, प्लेट, लोटि , चादीो फ्रेम लगायत पुजा सामाग्री यस बेला बढी बिक्री हुने गरेको उनीहरु बताउँछन् । श्री शिवम् ज्वेलर्सका ब्यापारी विकास न्यौपानेले आज चाँदीका सामाग्री धेरै बिक्री हुने बताएका छन् ।

धनतेरसमा सुन चाँदी जोड्न खोज्नेहरुले पहिलै रकम जम्मा गरेर बस्ने गरेको व्यापारीहरु बताउँछन् । व्यापारी पुष्पराज विश्वकर्माले धेरै पूजामा प्रयोग हुने सामान बढी बिक्री हुने गरेको बताउँछन् । सुनचाँदी पसलमा भेटिएकी २२ वर्षीया बिनिता भण्डारीले जति सकिन्छ धन जोड्दा त्यसले भविष्यमा फाइदा पुग्ने बताइन् । बुहारीका लागि सुनका गहना खरिद गर्न आएकी मिथिला पौडेलले धनतेरसमा सुन र चाँदी खरिद गर्दा राम्रो हुन्छ भन्ने चलन रहेको बताइन् ।

ग्राहकहरुले विभिन्न मान्यता राखेर तनतेरशमा सुनचाँदी खरिद गर्ने गर्दछन् । कसैले गतवर्ष लक्ष्मी पूजामा राखेको पैसाले यो वर्ष धनतेरसमा सुनचाँदीका सामाग्री जोड्ने गरेका छन् । न्यू पाथीभारा ज्वेलर्सका श्याम साह केहि न केहि सानातिना बस्तु खरिद गरेर जोरजाम गर्नेहरु धेरै रहेको बताउँछन् ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्