विराटनगर । मोरङ जिल्लभर तिहारमा देउसी–भैलो खेल्नका लागि राती १० बजेसम्मलाई समय तोकिएको छ । शान्ति सुरक्षालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मोरङले देउसी–भैलो कार्यक्रम १० बजेसम्म मात्र राख्न अनुरोध गरेको हो ।
‘हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा मनाइने देउसी, भैलो कार्यक्रम शान्ति, सुरक्षालाई मध्यनजर राखि रातको १० बजेसम्म मात्रै मनाउन सम्पूर्ण जिल्ला बासीहरुमा अनुरोध छ’ जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी सूचनामा उल्लेख गरिएको छ ।
यस्तै दिपावलीको समयमा पटकाको खरिद बिक्रीमा रोक लगाइएको र सिमा नाकामा सुरक्षा कडाई तथा निगरानी समेत बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनका अनुसार पटकाजन्य बस्तु ल्याउनेहरुलाई शसस्त्र प्रहरी बलले नियन्त्रणमा लिइरहेको छ ।
‘पटका पड्काउने काम नहोस यो निरुत्साहित हुनपर्छ ,शुभ दिवाली दिप र दियो जलाएर देउसि–भैलो खेलेर मनाउने हो, विष्फोटक पदार्थले बालबालिका घाइते हुने जस्ता ज्यु –ज्यान पनि जोखिममा हुन्छ,आगलागीको पनि घटना हुने भएकाले सचेत हुन अनुरोध गर्दछु ।