विराटनगर जेसीजको अध्यक्षमा तुलसी निरौला निर्वाचित

विराटनगर जेसीजको अध्यक्षमा तुलसी निरौला निर्वाचित

विराटनगर । विराटनगर जेसिजको अध्यक्षमा तुलसी निरौला निर्वाचित भएका छन्।

जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट जेसिजको ५१ औँ अध्यक्षमा निरौला निर्वाचित भएका हुन्।

त्यसैगरी वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा प्रीतेशराज दाहाल , कार्यकारिणी उपाध्यक्षमा पप्पु अन्सारी र प्रबेश दुलाल , तालिम निर्देशकमा रन्जन कुमार शाही , उपाध्यक्षमा अंकित थापा, राजन नेपाल , राजु कुमार मण्डल ,प्रतीक्षा न्यौपाने र जनसम्पर्क अधिकारीमा सरोज पौडेल निर्वाचित भएका छन् ।

विराटनगर जेसिज ५१ औँ बर्षमा पुगेको छ। एरिया 'ए' सम्मेलन भब्य रुपमा सम्पन्न भएको र सो को गरिमालाई बढाउन समेत राम्रा कार्यक्रमहरु गर्नु पर्ने बर्ष आफू अध्यक्ष बनेका कारण विराटनगर जेसिजको गरिमालाई उच्च राख्नका लागि कुनै कसर बाकी नराख्ने र विराटनगरका युवाहरुलाई जेसिजमा आकर्षण गर्न राम्रा योजनाहरु लिएर आउने , नेतृत्व र ब्यक्तित्व बिकास गराउने संस्था भएका कारण सोही अनुसारका गतिविधि बर्ष भरि नै संचालन गरिने कृषिसँग सम्बन्धि बिषयलाई समेत महत्व दिएर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष तुलसी निरौलाले बताए ।

नेपाल जेसीजको अधिवेशन सम्पन्न हुन भन्दा एक महिना अघि नै शाखा अधिवेशन गर्न पर्ने प्रावधानका कारण समयमा नै निर्वाचन प्रक्रिया सम्पन्न गरिएको जानकारी दिदै निर्वाचन आयुक्त जेसी देवचन्द्र घिमिरेले सफलता पुर्वक अधिवेशन सम्पन्न भएको जानकारी दिए।

त्यस्तै विराटनगर जेसिजका बर्तमान अध्यक्ष अभिनास थापाले चाडै नै पदस्थापना कार्यक्रम संचालन गरि पद हस्तान्तरण गरिने बताए।

निर्वाचन प्रक्रियामा विराटनगर जेसिजका पुर्व अध्यक्ष , विराटनगर जेसिज बर्ष २०२३ को बोर्ड , विराटनगर जेसिजका सदस्यहरु , विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्