विराटनगर शाखाको सात किलोमिटर नहर छठका लागि सफाई : शुद्धतासँग अस्तित्व खोजिरहेका छन् शहरका खोला

विराटनगर शाखाको सात किलोमिटर नहर छठका लागि सफाई : शुद्धतासँग अस्तित्व खोजिरहेका छन् शहरका खोला

विराटनगर । छठ पर्वलाई लक्षित गर्दै विराटनगर भित्र समेटिने सात किलोमिटर नहर सफाई गरिएको छ । सुनसरी–मोरङ सिंचाई आयोजनाले विराटनगर शाखामा समेटिने नोबेल मेडिकल कलेजदेखि रानीको हाईवे क्रससम्मको नहर सफाई गरेको हो ।

सिंचाई आयोजनाका सिनियर डिभिजनल इन्जिनियर कुमार घिमिरेका अनुसार दश दिनसम्म दैनिक ५० देखि ७० जना कामदार परिचालन गरेर झारपात र फोहोर निकालिएको हो । मेसिन समेत तीन दिन प्रयोग गरिएको इन्जिनियर घिमिरेले जानकारी दिएका छन् ।
आयोजनाले यो नियमित सफाई अन्र्गत छटको अवसर पारेर काम गरेको हो । स्थानीय तह विराटनगर महानगरपालिकाले समेत नियमित कार्य अन्तर्गत छठ पर्वसँग जोडेर नहर सफाई गरिदिन आग्रह गरेको थियो ।

नहर सफाई गरिएसँगै पानी सङिलदै गएको छ । नहरमा थुप्रिएको फोहोर र झारपात निकालिएपछि त्यसको स्वरुप परिवर्तन भएको छ । विराटनगरमा नहर मात्रै नभई शहरलाई सुन्दर बनाउने सिंघिया केशलिया खोलाको अवस्था समेत उस्तै हुने गरेको छ । यद्यपी खोलामा वर्षात्को पानीले फोहोर बगाउने भएपछि केहि सफा हुन्छ । नगर भित्रका यी खोलाको पानीको शुद्धता मात्र नभई अस्तित्व समेत क्रमशः नासिदै गएको छ ।

केहि वर्ष अगाडी तत्कालिन प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरेले शहर भित्रका खोलाको सफाई अभियान सुरु गरेका थिए । तर, त्यसले निरन्तरता भने त्यसपछिका सरकार वा स्थानीय तहले दिएनन् । त्यस बेलाको अभियानले समेत कोरोनाको कारण पूर्ण सार्थकता भने पाउन सकेन ।

विराटनगरका सिंघिया र केशलियामा क्रमशः शहरको फोहोर जम्मा हुँदै जाँदा धार्मिक परम्पराअनुसारको पूजाआजा र मृत्युमा दाहसंस्कार समेत असजिलो बन्ने स्थितिउन्मुख छ । खोलामा फोहोर थुप्रदा त्यसले क्रमश पानी वहावलाई रोक्ने संभावना रहन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्