उद्घाटन भएको पाँच महिनापछि विराटनगर आईसीपीमा हुँदैछ दोस्रो पटक कार्गोरेल अनलोड

<span class='c1'>उद्घाटन भएको पाँच महिनापछि विराटनगर आईसीपीमा</span> <span class='c2'>हुँदैछ दोस्रो पटक कार्गोरेल अनलोड</span>

विराटनगर । गएको जेठ १८ गते भारतबाट औद्योगिक कच्चा बोकेर विराटनगर–१८ बुधनगरस्थित नेपाल कष्टम यार्डमा पहिलो कार्गोरेल अनलोड गरिएको थियो । भारतको बथनाहा रेलवे यार्डबाट विराटनगरको आईसिपी नजिक रहेको नेपाल कष्टम यार्डमा कार्गोरेलबाट नेपाली उद्योगका कच्चा मालवस्तु अनलोड गरिएको थियो ।

उद्घाटन भएको पाँच महिनापछि विराटनगर भन्सारसँगैको नेपाल कष्टम यार्डमा दोस्रो कार्गोरेल यहि साता आईपुग्ने भएको छ । आरती स्ट्रिप्सले चाइनाबाट आयात गरेको उद्योगका कच्चा लिएर कार्गोरेल भन्सार बिन्दुसम्म आउने भएको हो ।
भारतको बथनाहा रेल यार्डबाट नेपालको एकीकृत भन्सार बिन्दुसम्मको ७.६ किलोमिटर दुरीमा कार्गोरेलले उद्योगका कच्चा अनलोड गर्ने भएपछि ट्रान्स नेपालले त्यसको तयारी थालिसकेको छ ।

विराटनगर आइसिपीस्थित ट्रान्स नेपालका इन्चार्ज लक्ष्मी सुब्बाका अनुसार उद्योगको कच्चा लिएर कार्गोरेल आउने प्रारम्भिक सुचना प्राप्त भएको छ । तर, यसको आधिकारिक सुचना भने भारतीय रेलवे विभागले ट्रान्स नेपाललाई गराईसकेको छैन ।
आरती स्ट्रिप्सका प्रतिनिधि जीवन तिम्सिनाले हल्यिास्थित समुद्री बन्दरगाहमा सामान आईसकेकोले त्यहाँको केहि प्रक्रिया पूरा गरेपछि ¥याकमा सामान विराटनगर भन्सारसम्म आउने जानकारी दिएका छन् । दोस्रो लटको सामान आउने कुरा अब एक हप्ता भित्रमा प्रक्रिया सकिने तिम्सिनाको भनाई छ ।

ट्रान्स नेपालका इन्चार्ज सुब्बाले ¥याकबाट सामान उतार्ने र भन्सार बिन्दुसम्म ल्याउने क्षमता पूर्ण रुपमा रहेकोले अहिले तयारी अवस्थामा रहेको बताएका छन् । उनले कार्गोरेल कोलकाताबाट छुटेपछि भारत बथनाहा रेलवे स्टेसनले ट्रान्स नेपाललाई जानकारी गराउने छ । त्यस अगाडी मालवस्तुको बारेमा इण्डिन रेलवे विभागको वेवसाइडमा विवरण अपलोड हुनेछ ।
कार्गोरेल ह्यान्डिलिङका लागि हाईड्रा मेसिन, ¥याकबाट सामान उतार्न फरक्लिष्ट मेसिन, ¥याकबाट कन्टेनर उतार्ने राख्ने तथा ¥याकमा कन्टनेर राख्नका लागि रिजिस्टेकर मेसिन ट्रान्स नेपालले तयारी अवस्थामा लिएर बसेको सुब्बाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्