विराटनगरको बजारमा छठ पुजाको सामाग्री किन्नेको भिड (फोटो फिचर)

<span class='c1'>विराटनगरको बजारमा छठ पुजाको सामाग्री</span> <span class='c2'>किन्नेको भिड (फोटो फिचर)</span>

विराटनगर । तराईको मिथिलाअञ्चलमा विशेष रुपमा मनाईने छठ पर्वको सामाग्री किनमेल गर्ने श्रद्धालुभत्तजनहरुको भिड बजारमा बढ्न थालेको छ । नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाईने पर्वको लागी बजारमा सामान खरिद गर्ने श्रद्धालुभक्तजनहरुको अहिले घुईचो लाग्न थालेको हो


विराटनगरको पुरानो गुन्द्री बजार र नयाँ गुन्द्री बजारमा छठ पुजाको सामाग्री किनमेल गर्न आउने गरेका छन् । छठ पूजाका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, केरा, हल्दीको बोट, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढाकी, नाङलो, माटोको दीयो र कराई चढाइन्छ ।


यस्तै लौका, फर्सी, भान्टा, मूला, कोबी, लगायत हरियो तरकारी पनि चढाउने चलन छ । पूर्णरूपमा शाकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्दछ । यस्तै बाँस वा पितलको कोनियाँ, ढाकी, नाङ्गलो, खरिद गर्न बजारमा भीडभाड देखिन्छ ।
व्यवस्थित रुपमा छठ पूजा मनाउनका लागि स्थानीय युवाहरूले छुट्टाछुट्टै समिति बनाई व्यवस्थापन समेत गर्दै आएका छन् । पोखरी, नदी , नाला, नहर तथा जलाशयमा मनाइने यसपर्वका लागि ती स्थानहरुमा सरसफाइ गरेर दुल्ही झै सिंगारिन कार्यमा समेत जुट्न थालेका छन् ।


यता बजारमा विगत वर्षको तुलनामा यसपटक सामानको मूल्य पनि बढेकाले महङ्गोमै सामान किन्न बाध्य भएको स्थानिय बताउछन् । अधिकांश सामानहरुको मूल्य आकाशिएको उनीहरुको भनाई छ । सीमाका नाकाहरु छठको अवसर पारेर खुकुलो बनाए पनि बजारमा पर्याप्त सामान नआएकाले सामानहरुको मूल्य आकासिएको व्यापारीहरुको भनाई छ ।


यसपटकको छठ पर्व मंसिर ३ गते आईतबारका दिन परेको छ । सूर्य उपासनाको पर्व छठ ४ दिनसम्म मनाईदै आएको छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।


सूर्य उपासनाको पर्व छठ पहिले पहिले मधेशमा मात्र मनाइने गरिन्थ्यो तर हिजोआज देशभरि नै उल्लासका साथ अन्य समुदायले पनि मनाउन थालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्