सजिन थाले विराटनगरका छठ पुजा गर्ने स्थल (फोटो फिचर )

<span class='c1'>सजिन  थाले विराटनगरका छठ पुजा</span> <span class='c2'>गर्ने स्थल (फोटो फिचर )</span>

विराटनगर । तराईमा भव्य रुपमा मनाईने छठपुजाको निम्ती विराटनगरका विभिन्न स्थानहरु सरसफाई तथा सिंगारीने कार्य सुरु भएको छ ।
विराटनगरको विभिन्न स्थानमा छठ पूजाको तयारीको लागी नहर तथा पोखरीहरु सफाई गर्ने देखि रङरोगन गर्ने काम अहिले जारी छ । यसपटको छठ पुजा आईतबार परेको छ ।


शनिवार साँझ सम्म छठ पूजाका सम्पूर्ण तयारी सकिने हिसावले नहर,पोखरी, सफाइ गर्ने, नहरका किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ती एवं छठी माताको मूर्ति राख्ने कार्य भोली सनिबार बेलुकी सम्म सकिने व्यावस्थापन समितिहरुले जनाएका छन् ।


यता छठ पूजाका लागि आवश्यक पर्ने सामानहरू खरिद गर्न बर्तालुहरुले समेत थालेका छन् । चोखो राख्न ब्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने यस पुजामा फलफूल, केरा, पानी फल, नरिवल, कन्या, ढाकी, नाङलो, माटोको दीयो लगायत खरिद गर्नेको भिड देख्न सकिन्छ ।


कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व विहीबारदेखि सुरु भएको छ । छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । यसअघि तराई–मधेसका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । तराई–मधेसका साथै पहाडी क्षेत्रमा पनि छठ पर्व मनाउन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्