विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

<span class='c1'>विराटनगरबाट ब्राउन सुगरसहित</span> <span class='c2'>एक जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाटस्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-६ का २३ बर्षीय मन कुमार बिश्वकर्मा रहेका छन् ।

सोमबार दिउँसो ४ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिश्वकर्माको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ९० मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्