छठ घाटको फोहोर जथाभावी नफाल्न विराटनगर महानगरको आग्रह, बिहीबारदेखि उठाईने

<span class='c1'>छठ घाटको फोहोर जथाभावी नफाल्न</span> <span class='c2'>विराटनगर महानगरको आग्रह, बिहीबारदेखि उठाईने</span>

विराटनगर । विराटनगर महानगरपालिकाले छठ पूजाका लागि सिंघिया, केशलिया र नहरमा प्रयोग भएको सामाग्री आफैं संकलन गरेर बिर्सजन गर्ने भएको छ । छठ पूजाका लागि घाटहरुमा निर्माण गरिएका अस्थायी संरचनाबाट निस्कने फोहोर व्यवस्थापन गरिने भएकोले जथाभावी नफाल्न महानगरपालिकाले आग्रह समेत गरेको हो ।

छठ पूजाका लागि केराको थम्बा, विभिन्न डोरी तथा माटाका सामाग्री, बाँस समेत प्रयोग भएका छन् । त्यसैगरी विभिन्न प्रकारका साजसज्जाका सामाग्री समेत घाटलाई सुन्दर बनाउन प्रयोग गरिदैं आएको छ । अघिल्ला वर्षहरुमा यस्तो फोहोर खोला तथा नहरमै फ्याँक्ने गरिएको थियो ।

विराटनगर महानगरपालिका शहरी स्वास्थ्य तथा सरसफाई व्यवस्थापन महाशाखा प्रमुख पुनम दाहालले बिहीबारदेखि सफाई बहाक तथा कामदारहरु खटाईने जानकारी दिएका छन् । छठ पर्व लक्षित गरेर सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखाको सात किलोमिटर नहर सफाई गरिएको थियो ।

यो नहरलाई सफा राख्नका लागि महानगरपालिकाले यस पटक तत्काल फोहोर संकलन गरेर व्यवस्थापन योजना अगाडी सारेको छ । दाहालले घरमा उत्पादन भएको फोहोर नहरमा फाल्नेमाथि निगरानी गरेर कारवाही गरिने दावी गरेका छन् । उनले फोहोर व्यवस्थापनका लागि सदस्यता बन्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्