संखुवासभाको पहिचान पाङमाली ‘सरुवा’

<span class='c1'>संखुवासभाको पहिचान</span> <span class='c2'>पाङमाली ‘सरुवा’</span>

सुजता लिम्बू
विराटनगर । पूर्वी पहाडी हिमाली जिल्ला संखुवासभा पर्यटकीय हिसाबले जति परिचित छ , त्यति नै त्यहाँ पाइने ‘सरुवा’ (कोदोबाट बनिएको पेय पदार्थ) ले पनि उत्तिकै परिचित छ।

हुन् त मादक पदार्थ सेवन गर्नु स्वास्थ्यको लागि त्यति फाइदाजनक नहुँदो हो। तर सरुवा विशेषगरी राई समुदायको विविध सांस्कृतिक कार्यक्रमहरुमा प्रायोग गरिने गरिन्छ । भने, आर्थिक पाटोमा पनि यसको बिक्री वितरणले टेवा पुर्‍याएको छ । संखुवासभामा चैनपुरे करुवा र खाँदबारी नगरपालिका-४ मा पर्ने पाङ्पा अर्थात पाङमाली सरुवा तन्नेरी होस् या पाका उमेरका सबैले त्यसको स्वाद लिएकै हुन्छ ।

यसले महिलाहरुलाई आत्मनिर्भर समेत बनाएको छ । स्थानीय स्तरमा उत्पादन भएको बस्तु अर्थात सरुवालाई स्थानीय सरकारले ब्राण्डिङ गर्नु जरुरी रहेको स्थानीय युवा लेलिन श्रेष्ठ बताउछन् । उनले सरुवालाई मापदण्ड अनुसार बनाएर विक्रि वितरण गर्न सके स्थानीय बजारमा मात्रै नभएर अन्तराष्ट्रिय बजारमा समेत बजारिकरण गर्न सकिने उनको भनाई छ । ‘सरुवा राई समुदायको सांस्कृतिक पर्वमा प्रयोग गरिए पनि यसको व्यापारले स्थानीय महिलालाई आत्मनिर्भर बन्न टेवा समेत पुगेको छ,’ उनले भने,‘यसलाई मापदण्ड अनुसार स्थानीय सरकारले ब्राण्डिङ बनाउन तर्फ ध्यान दिए यसले अन्तराष्ट्रिय बजारलाई समेत तान्न सफल हुन्छ जस्तो लाग्छ ।’

संखुवासभा आउनेहरुले यसको स्वाद लिने गरेको बताउदै उनले स्थानीय उत्पादनलाई बजारीकरण गर्नु स्थानीय सरकारले ध्यान दिनुपर्नेमा समेत जोड दिए । सरुवालाई ब्राण्डिङ गर्नु पर्नेमा स्थानीय र प्रदेश सरकारले मात्रै पनि चासो दिएर पहल गर्ने हो भने ब्राण्ड हुन सक्ने संखुवासभाकै रोशन कुलुङ बताउछन् । उनी संचारकर्मी समेत हुन् । सरुवा आर्थिक पाटो सङ्गै पहिचान समेत जोडिको उनको भनाई छ ।
‘सरकारले रैथाने बाली उत्पादन तथा संरक्षणको कुराहरू गरिरहेको छ त्यहीँ चिजहरु पनि उत्पादनमा वृद्धि हुन सक्छ किनकि सरुवाको कच्चापदार्थ त्यहि नै हो ।’ उनले भने,‘ मौलिकता र आर्थिक पाटो समेत जोडिएकोले ब्रान्ड बनाउन जरुरी छ ।’

पूर्व वडाध्यक्ष समेत रहेका सजित राईले सरुवालाई ब्राण्ड बनाउनुपर्छ भन्ने विषय उठान भएको बताए । यसलाई उभौली र उधौली पर्वमा लाग्ने बजारमा स्थानीय महिलाहरुले विक्रिवितरण गर्ने गरेको बताए । स्थानीय प्रशासनले बिक्री वितरणमा रोक लगाउने प्रयास समेत गर्ने गरेको भएपनि सहजिकरण तथा समन्वय गरेर बजारमा विक्रि गर्ने गरेको उनको भनाई छ । ‘पहिलेपहिले हाम्रो समुदायको छोरीचेली, भाउजू बुहारीले बजारमा विक्रि गर्ने गर्दै थियो जसले गर्दा आर्थिक रुपमा टेवा पुर्याएको थियो, ’ उनले भने । यो हाम्रो सांस्कृतिक चाँडमा होस् या कुल पुजामा प्रयोग गरिने गरिन्छ ।’

कोदोबाट तयार हुन्छ

राईका अनुसार बजारमा ‘स्पेशल’ सरुवा पाउन छोडेको छ । सरुवा कोदोबाट बनिने पेय पदार्थ हो । यसलाई पकाएर मर्चा (चामलको पिठोमा विविध जडीबुटी प्रयोग गरेर बनाइएको हुन्छ ) हालेर १ देखि २ दिनसम्म राखिन्छ । त्यसपछि तयार भएको कोदोलाई घ्याम्पा (माटोबाट बनाइएको भाँडा) मा राखिने गरिन्छ । पाँच देखि ६ महिनासम्म राखिने गरिन्छ । यसलाई जुसको रुपमा पनि प्रयोग गरिने गरेको राईको भनाई छ । लोहोरुङ (राईको थर) ले विशेष गरेर बिवाह अन्य चाँडमा सरुवा पाहुनालाई स्वागत गर्दै दिइने गरेको उनको भनाई छ ।
‘अरुले ताङबा दिनुहुन्छ पाहुनालाई स्वागत गर्नेक्रममा हामी अर्थात लोहोरुङले सरुवा दिने गर्छौ, उनले भने,‘विशेष गरी विहेहरुमा सरुवा बाँड्ने गरीन्छ ।’

यता, खाँदबारी नगरपालिका १ का वडाध्यक्ष निरन्जन श्रेष्ठले सरुवालाई ब्राण्डिङ बनाउनुपर्छ भन्ने कार्यपालिका बैठकमा कुरा उठेको भएपनि कसरी अध्ययन गर्ने भन्ने विषयमा योजना तय नभएको बताए।
‘यसलाई ब्राण्ड बनाउनुपर्छ भन्ने विषय हामीले कार्यपालिका बैठकमा उठाएका हौँ , तर कसरी अध्ययन गर्ने भन्ने योजना बनेको छैन ।’ उनले भने ।
त्यसो त घरेलु मधिरालाई ब्रण्डिङ बनाउनुपर्नेमा अघिल्लो सरकारका पूर्व सामाजिक विकास मन्त्री उषकला राईले जोड दिएकी थिइन् ।

उनले कोशी प्रदेश योजना आयोगका सदस्य पूणर्कुमार लोक्सोमको संयोजकत्वमा कार्यदल समेत गठन गरेकी थिइन् । तर, यो विषय कुनै निष्कर्षमा नपुगि कार्यकाल अन्त्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्