राजधानीलाई गिज्याउँदै ‘जिल्ला प्रहरी कार्यालय मोरङ जाने सडक’

<span class='c1'>राजधानीलाई गिज्याउँदै ‘जिल्ला प्रहरी</span> <span class='c2'>कार्यालय मोरङ जाने सडक’</span>

विराटनगर । राजधानी भित्रैको सडक सामान्य पानी पर्दा हिलाम्य हुन्छन् भने घाम लाग्दा धुलाम्य हुने गरेको छ ।

कोशी प्रदेशको राजधानी जहाँ प्रदेशका प्रदेश प्रमुख, सांसद, मन्त्री सुरक्षा निकायका प्रमुखहरुको बसोबास रहेको छ । अझ भनौ त्यही बाटो हुँदै राजनीतिक दलका शीर्ष नेता, सांसदहरु हुइकिएकै हुन्छन् । त्यसो त हरेक दिन त्यही बाटो प्रयोग गरेर विराटनगरका जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मी , सुरक्षा निकायका प्रमुखहरुले यात्रा गरिरहेका हुन्छन् । दैनिक सयौंको संख्यामा त्यही बाटो हुँदै जिल्ला प्रहरी कार्यालय मोरङसम्म सेवाग्राहीहरु पुग्ने गर्छन । तर, तिनै ठाँउठाँउमा खाल्डाखुल्डी परेका सडकमा पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको छ । विराटनगर महानगरपालिका १ र २ को सिमानामा रहेको सडक मर्मत नहुँदा बर्खाको समयमा हिलोले र हिँउदको समयमा धुलोले सताउने गरेको स्थानीको गुनासो छ ।

स्थानीय सालिग्राम लुईटेलले सडकको धुलो र हिलोले ५ वर्षदेखि सताइरहेको गुनासो गरे । उनको सडक छेवैमा घर छ । घरीघरी सडकमा आवतजावत गर्ने सवारीको बेगसँगै उडेर आउने धुलोले दिक्क लाग्ने गरेको उनको भनाई छ । वर्षौदेखि भोग्दै आएको यस्ता खालको समस्याले स्थानीयवासीहरु सडक मर्मतको माग राख्दै आन्दोलनमा उत्रिनु मत्रै बाँकी रहेको उनी बताउछन् । त्यसो त विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उक्त सडक मर्मतको कार्य १० महिना अगाडि देखिनै थाल्ने भन्ने आशा देखाएपनि त्यो आश्वसनमा नै सिमित रहको उनको दुखेसो छ । धुलोले गर्दा भडामा घर लगाउन समेत समस्या रहको बताउदै उनले बताए ।

के भन्छन् सम्बन्धित निकाय ?

एक महिना भित्र सडक निर्माण कार्य सम्पन्न गरीसक्ने महानगरपालिकाका इन्जिनियर राजु भट्टराईले जानकारी दिए । आइतबारबाट सडक निमाण कार्य सुरु गर्ने जानकारी दिँदै उनले मङ्सिर महिना भरीमा सम्पन्न गरीसकने उनको दाबी छ । उनका अनुसार सडकको टेन्डर ओम् शक्ति निर्माण व्यवसायीलाई परेको छ । १६ लाख ४० हजार १ सयमा टेण्डर पास भएको बताउदै उनले सडकका लागि बजेट महानगरले छुट्याएको बताए ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्