‘नबिल एसएसई’को दोस्रो ब्याचको तालिम सम्पन्न

<span class='c1'>‘नबिल एसएसई’को दोस्रो</span> <span class='c2'>ब्याचको तालिम सम्पन्न</span>

विराटनगर । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को दोस्रो ब्याचको तीन महिने तालिम सम्पन्न भएको छ ।

नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा ‘नबिल एसएसई’का दोस्रो ब्याचको तालिम शनिबार सम्पन्न भएको हो।

तालिमका सहभागी युवाहरु स्वदेशमा नै केहि गर्नुपर्छ, भने कतिपय युवाहरु युवाहरुलाई बैंकले स्कुल फर सामाजिक उद्यमशीलताको क्षेत्रमा अगाडी बढाउने उदेश्यले तीन महिने तालिम सञ्चालन गरेको कार्यक्रम संयोजक वेदप्रसाद संग्रौलाले बताए ।

विराटनगर महानगरपाकिाकी उपप्रमुख शिल्पा निराला कार्कीले दैनिक हजारौंको संख्यामा युवाहरु विदेश पलायन भइरहेको बेला उद्यमशीलता तालिम सराहनीय रहेको बताईन ।

उपप्रमुख कार्कीले युवाहरुलाई हरेक क्षेत्रमा रोजगार मुलक तालिम संञ्चालन गर्न नविल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्यम्पससंग सहकार्य गरेर माहानगर अगाडी बढने उनले प्रतिवद्धता व्यक्त गरे ।

बैंकले ३ महिने युवाहरुका लागि सामाजिक उतरदायित्व अन्तर्गत उद्यमशीलता तालिम सञ्चालन गरेको नबिल बैंक कोशी प्रदेशका प्रमुख दिपक कुमार श्रेष्ठले बताए ।

तालिममा मोरङका २५ जना सहभागीता रहेको थियो । समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी नबिल स्कुल फर सामाजिक उद्यमशीलता विषयक तेस्रो ब्याचको तीन महिने तालिम विराटनगर महानगरपालिकाकी उपप्रमुख कार्कीले उद्घाटन गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्