विराटनगरमा पुनःब्यूँझियो सडक पार्किङ समस्या

<span class='c1'>विराटनगरमा पुनःब्यूँझियो सडक</span> <span class='c2'>पार्किङ समस्या</span>

विराटनगर । विराटनगर महानगरपालिकामा सवारीको सार्वजानिक पार्किङ अवधारणा पुनः रोकिएको छ । गत बैशाखदेखि सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङस्थलको अवधारणा कार्यन्वयनमा ल्याइएको थियो । तर, दशैंका लागि भन्दै खोलिएको सडक पार्किङ भने अब यथावत रहने भएको छ ।

सडकमा सवारी व्यवस्थापनको जिम्मेवारी ट्राफिक प्रहरीको भएपनि स्थानीय तहले आफ्नो पहल देखाउन खोजेर कार्यन्वयन गर्ननसक्दा विराटनगरको पार्किङ समस्या पुनः ब्यूँझिएको हो । बैशाखको निर्णय असोजमा संशोधन गर्दै पार्किङ खोल्ने निर्णय गर्दा समेत विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीलाई भने सोधेको छैन ।

विराटनगर महानगरपालिकाले असोज ७ गतेदेखि चाडपर्व लक्षित सडक पार्किङ खुल्ला गरेको थियो । दशैं तिहार र छैठ सकिएपनि सडकबाट पार्किङ बिस्थापित गरेर तोकिएको स्थानमा सवारी रोक्ने विषयको व्यवस्थापन हुन नसकेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यौपानेले बजार क्षेत्रका सडकको पार्किङ व्यवस्थापन गर्ने साविक निर्णय नै सहि भएको बताएका छन् ।

उनले विराटनगर महानगरपालिका भित्र ट्राफिक व्यवस्थापनका लागि स्थानीय तहले सहजीकरण गरिदिनु पर्ने बताएका छन् । यसैगरी विराटनगर महानगरपालिका नगर प्रहरी प्रमख राजन पौडेलले संस्थागत निर्णय नहुँदासम्म सडकको पार्किङ यथावत रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्