विराटनगरमा सफा गरेको पन्ध्र दिन नपुग्दै नहरमा फोहोर

विराटनगरमा सफा गरेको पन्ध्र दिन नपुग्दै नहरमा फोहोर

विराटनगर । आइतबार बिहान ६ः४५ बजे विराटनगर–४ नोबेल अस्पताल जाने मोडको दक्षिण एयरपोर्ट जाने बाटो उत्तरतर्फको नहरमा एकजना व्यक्ति फोहोर फ्याँक्दै गर्दा महानगरपालिकाको अनुगमन टोलिबाट पक्राउ परे । उनलाई ठेलामा फोहोर ल्याएर फ्याँक्दै गरेको अवस्थामा टोलिले पक्राउ गरेको हो । यस अगाडी समेत पटक–पटक फोहोर फ्याँक्दै आएका उनलाई यस पटक महानगरपालिकाले पक्राउ गरेर जरिवाना गराएर छोडेको छ ।

छठ पर्व लक्षित गर्दै विराटनगर शाखा अन्तर्गतको सात किलोमिटर नहर सफाई गरिएको छ । पर्वका लागि सफा गरिएको नहरमा भने अहिले विराटनगरवासीले पुनः फोहोर फ्याँक्न थालेको दृष्टान्त आइतबार बिहान पक्राउ परेका व्यक्तिबाट पाइन्छ । छठ सकिएको केहि दिनमै नहरमा प्लाष्टिकमा पोका पारिएको फोहोर थुप्रिन थालेको छ । महानगरपालिका अन्तर्गत शहरी स्वास्थ्य तथा सरसफाई व्यवस्थापन महाशाखा प्रमुख पुनम दाहालले घरमा उत्पादन भएको फोहोर नहरमा फाल्नेमाथि निगरानी गरेर कारवाही सुरु गरिएको जानकारी दिए ।

उनले फोहोर बोकेर जाँदै गरेको समेत निगरानी गरिने बताए । घरमा उत्पादन भएको फोहोर कम्पनीमार्फत संकलन गराएर सम्बन्धित ठाउँमा पठाउनु पर्नेमा नहरमा हाल्ने कामलाई रोक्नका लागि महानगरपालिकाले निगरानी र कारवाही सुरु गरेको दाहालको दावी छ ।
उनले यसो भनेपनि नहरमा घरको भान्साबाट निस्कने फोहोर देखिन थालिसकेको छ । घरमा विभिन्न किमिसका कार्जेहरु गरेर उत्पादन भएको फोहोर समेत नहरमा फ्याँक्ने गरिएको पाइएको छ ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्