शिक्षा सेवा निवृत्त कर्मचारी समाजको अध्यक्षमा दिव्यराज कट्टेल

शिक्षा सेवा निवृत्त कर्मचारी समाजको अध्यक्षमा दिव्यराज कट्टेल

विराटनगर । शिक्षा सेवा निवृत्त कर्मचारी समाजको अध्यक्षमा दिव्यराज कट्टेल चयन भएका छन्।

शनिबार विराटनगरमा आयोजित भेलाले शिक्षा सेवा निवृत्त कर्मचारी समाज कोशी प्रदेशको तदर्थ समितिको अध्यक्षमा निवृत्त उपसचिव कट्टेललाई सर्वसम्मत चयन भएका हुन्।

समाजको उपाध्यक्षमा युवराज पाण्डे, सचिवमा डिल्लीराम अधिकारी र कोषाध्यक्षमा लीलानाथ गौतम चयन भएका छन् ।

सदस्यहरूमा प्रेम गौतम, टेकनाथ रेग्मी, कुमारी अम्बिका साह, पुष्प बराल र शम्भु भट्टराई चयन भएको जनाइएको छ । समाजको तीन सदस्यीय सल्लाहकार समितिमा टेकेन्द्रबहादुर कार्की, अर्जुन निरौला र नगेन्द्रमणि न्यौपानेलाई चयन गरिएको अध्यक्ष कट्टेलले जानकारी दिए ।
समाजको नीति तथा विधान मस्यौदा समितिमा अशोक कालाखेती, बाबुराम पोखरेल र खुलानाथ रेग्मीलाई जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।

शिक्षा सेवा क्षेत्रमा लामो समय काम गरेर निवृत्त भएका कोशी प्रदेशभरिका शिक्षाकर्मीहरुलाई सङ्गठित गर्दै उनीहरूको ज्ञान र क्षमताको उपयोग गर्ने उद्देश्यले समाजको गठन गरिएको हो ।

ज्येष्ठ शिक्षाकर्मी टेकेन्द्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भेलालाई शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम र सामाजिक विकास मन्त्रालयका उपसचिव फडिन्द्र खत्री र दामोदर फुयल लगायतले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्